प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै हुन सक्दैन : खगेन्द्र सुनार

दलित अनलाइन मंसिर १०, २०८२

काठमाडौँ — हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको बताउँदै प्रधानमन्त्रीको लागि घिसिङको विकल्प नरहेको उनले बताएका हुन् ।

कुलमान घिसिङ एउटा समुदायको मात्र नभई सिंगो देशको नेतृत्वकर्ता भएको हुनाले पनि आफूहरुले सहकार्य गरेको बताउँदै  प्रधानमन्त्रीको उम्मेद्वारको लागि  घिसिङको विकल्प अरु कुनै नरहेको पनि उनको दावी छ।

Shivam Cement

‘कुलमान घिसिङ एउटा समुदायको मात्र मानिस होइन्। उहाँ देशको सिंगो नेतृत्वकर्ता हो। एउटा रानो बसेको ठाउँमा मौरीहरु गएर बसेको जसरी उहाँको वरिपरी सबै भइदिए हुन्थ्यो भन्ने कुरा सबैको आएको कारण नै हाम्रो एकता भएको हो।  रहर गर्ने कुरा स्वभाविक होला,’ उनले भने, ‘तर के हो भने कुलमान घिसिङ जस्तो प्रधानमन्त्रीको उम्मेद्वार अरु कुनै हुन सक्दैन।

कुलमान घिसिङले नेतृत्व गर्नुहुन्छ । यो बेलामा कुलमान घिसिङको विकल्प छैन। यो बेला कोही रामको अवतार लिएर आउन सक्छ भने त्यो कुलमान घिसिङ नै हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank