दलित किशोरीलाई बलात्कार गर्ने अभियुक्त कारागार चलान

दलित अनलाईन १५ असार २०७८, मंगलवार १५:५८

सर्लाही— सर्लाहीमा दलित किशोरीलाई बलात्कार गरेको अभियोगमा एक कथित उच्च जातका युवकलाई पुर्पक्षका लागि लागि सोमबार कारागार चलान गरिएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवलाई मुसहर (दलित) समुदायकी १७ वर्षीया किशोरीलाई अपहरण तथा जबर्जस्ती करणी गरेको मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको इजलाले उनलाई कारागार चलान गर्न आदेश दिएको हो। अधिवक्ता उमेश साहले गरेको थुनछेक बहसबाट अभियुक्तलाई कारागारमा राख्न आदेश दिइएको हो।

बिहे गर्ने आश्वासन दिएर अभियुक्त शिवाले गत वैशाख ५ गते ती दलित किशोरीलाई घरबाट भगाएका थिए। दलित अधिकारर्मी राजेश पासवानका अनुसार शिवाले किशोरीलाई बाराको जितपुर लगेर २० दिनसम्म सँगै राखे र यौन शोषण गरे।

पीडकलाई कारबाही गराउन अधिकारमर्कीहरू विनिता कार्की, राजेश पासवान, राजन बैठा र महेश पासवानले विशेष पहल गरेको दलित अगुवा राजेश पासवानले जानकारी दिए।

बिहे गर्ने आश्वासन दिएर अभियुक्त शिवाले गत वैशाख ५ गते ती दलित किशोरीलाई घरबाट भगाएका थिए। दलित अधिकारर्मी राजेश पासवानका अनुसार शिवाले किशोरीलाई बाराको जितपुर लगेर २० दिनसम्म सँगै राखे र यौन शोषण गरे। त्यसपछि उनले किशोरीलाई उनकै घरमा ल्याएर छाडिदिए। तर त्यत्रो केटासँग बसेको भन्दै किशोरीका अभिभावकले उनलाई घरमा पस्न दिएनन्।

यसपछि किशोरी शिवाकै घरमा गइन्। तर शिवाका अभिभावकले पनि उनलाई तल्लो जातको भन्दै घर भित्रै पस्न दिएनन्। यसपछि अधिकारकर्मीको पहलमा पीडित किशोरीले युवकविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दा होलकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank