खड्का ल्यान्डले ओगटेको स्काउटको जग्गामा महानगरको डोजर [तस्बिरहरू]

दलित अनलाइन कार्तिक २७, २०८२

काठमाडौँ — पूर्वमन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

नेपाल स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो। यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो।

नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो।

Shivam Cement

उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो।

उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो। सम्झौता गरेको समय अवधि सकिएपनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन।

Photo-(14)-(26)-1763013279.JPG

Photo-(23)-(12)-1763013276.JPG

Photo-(8)-(46)-1763013273.JPG

Photo-(19)-(16)-1763013277.JPG

Photo-(15)-(17)-1763013277.JPG

Photo-(36)-(2)-1763013273.JPG

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank