दलित विद्यार्थीको मृत्यु भएको घटनामा ग्लोबल फोरमले दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउन भारत सरकारसँग आग्रह

दलित अनलाईन २९ श्रावण २०७९, आईतवार २१:४१

काठमाडौं — राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको घटनामा ग्लोबल फोरमले दोषीलाई कारबाहीसहित पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको दिलाउन भारत सरकारसँग आग्रह गरेको छ ।

शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको घटनामा ग्लोबल फोरमले दोषीलाई कारबाहीसहित पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको दिलाउन भारत सरकारसँग आग्रह गरेको हो ।

के घटना थियो ?
जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए ।
साउन ४ गते इन्द्र सधैँझैं विद्यालय गए, तिर्खा लागेकाले विद्यालयमा राखिएको पानीको भाँडोबाट पानी पिए। तर त्यो माटोको भाँडा शिक्षक छैल सिंहका लागि छुट्टै राखिएको रहेछ। यसबारे जानकारी पाएपछि सञ्चालकले बालकलाई जातीय शब्दमा गाली गर्नुका साथै दाहिने कान र आँखामा भित्री चोट लाग्नेगरि निर्मम कुटपिट गरेका थिए । घटनाबारे विद्यार्थीले परिवारलाई खबर गरेपछि विभिन्न अस्पतालमा उपचार भए पनि उनको उपचारैकै क्रममा साउन १३ गते मृत्यु भएको थियो । विद्यार्थीको मृत्युपछि उनका काका किशोर कुमारले विद्यालय सञ्चालक छैल सिंहविरूद्ध कुटपिट, जातीय हिंशा, अपमानित र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी दिएका छन ।


आफ्नो बच्चाले शिक्षकको भाँडोको पानी पिएकोमा जातीय गाली गलौज गर्दै गम्भीर कुटाई खाएर मृत्यु भएकोमा मृतकका बाबुले छानबिन गरी दोषिलाई कारबाही र आफूहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

सोही घटनाको भारतमा  मात्रै होइन यसको चौतर्फी विरोध भइरहेको छ । ग्लोबल फोरमले पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय दिन अपिल गदै विज्ञप्ती जारी गदै भनेको छ, २१ औं शताब्दीको सभ्य र विकसित समाज तथा बालबालिकाहरुलाई शिक्षा दिने केन्द्रमा यस्ता घटना हुनु अत्यन्तै निन्दनीय र घृणित कार्य हो ।’
विज्ञप्तीमा भनिएको छ  , ‘ घटनाको विरोध गर्दै तत्काल पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय दिन र आगामी दिनहरुमा यस्ता घटना हुन नदिन भारत सरकारलाई हार्दिक अपिल गर्दछौं ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank