यो मध्यावधि होइन, अग्रिम र आकस्मिक निर्वाचन हो: आयोग

दलित अनलाइन कार्तिक २१, २०८२

काठमाडाैं —  निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन्।

शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको निर्वाचनको तयारी सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको भन्दै त्यसको लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्ने बताए।

उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक हामीसँग अरु विकल्प छैन। निर्वाचनमा जानको लागि के के पूर्वसर्तहरु चाहिन्छ भन्दा सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्‍यो। दोस्रो स्रोत र साधनको सुनिश्चितता गर्नुपर्यो । निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै पनि हालतमा विथोलिँदैन् र कसैले पनि असुरक्षाको भावना बोकेर निर्वाचन स्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ।’

Shivam Cement

यस्तै, उनले संविधानभित्र रहेर निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आवधिक निर्वाचनमा पुग्न नसक्ने र निर्वाचन नगरि नहुने अवस्था भएको भन्दै यस्तो अवस्थामा आवधिक निर्वाचन होईन अग्रिम र आकस्मिक निर्वाचन गर्ने निर्णय अनुसार अगाडि बढेको बताए।

‘कुनै पनि आन्दोलन भएपछि पुरानो संविधानलाई विस्थापित गर्छ र नयाँ संविधान तर्जुमा गरेर स्थापित हुन्छ र यो अहिलेको आन्दोलनले ७२ सालको नेपालको संविधानलाई विस्थापित गरेको अवस्था होइन। आयोगको बुझाई यस्तो छ’ उनले भने ‘संविधानभित्र पनि रहने र संविधानभित्र रहेर काम गर्दा प्रतिनिधिसभाको मिति घोषणा भइसकेको अवस्थामा, आवधिक निर्वाचनमा पुग्न सकेनौँ, निर्वाचन नगरि नहुने अवस्था भयो, संविधानको धारा र उपधारा पल्टाउने समय पनि भएन त्यसकारण यसलाई हामीले कसरी सम्बोधन गरेका छौँ भने आगामी फागुन २१ गते आवधिक निर्वाचन होइन अग्रिम निर्वाचन र आकस्मिक निर्वाचन गर्ने।’

यो निर्वाचनलाई कसरी सम्पन्न गर्ने भन्ने कुरामा आयोग दत्तचित्त भएर अगाडि बढेको र यसमा सरकारको तर्फबाट पनि प्रतिबद्धता भएको पनि उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank