निर्वाचनमा भाग लिन नयाँ मतदातालाई प्रधानमन्त्रीको आह्वान

दलित अनलाइन कार्तिक २१, २०८२

काठमाडाैं —   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिन नयाँ मतदातालाई सन्देश प्रवाह गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले नागरिकको पहिलो विवेक सही रुपमा प्रयोग गर्न आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीको सन्देशमा लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन रहेको उल्लेख छ ।

Shivam Cement

पहिलो, तपाई-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन।  दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।

सन्देशमा प्रधानमन्त्री कार्कीले यी दुई मूलभूत साधनसँगै आफैँ सही प्रतिनिधि बन्न सकिने पनि सुझाएकी छन् ।

उनको सन्देशमा भनिएको छ, ‘विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’

सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति घोषणा गरेको छ । सरकारले निर्वाचनका लागि कुनै कसर बाँकी नराखेको दावी गरे पनि राजनीतिक दलहरूले सुरक्षाको प्रत्याभूति नभएको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank