‘देशमा देखिएका चुनौतीहरुको सामना गर्न नयाँ शक्ति निर्माण भएको हो’

दलित अनलाइन कार्तिक १९, २०८२

काठमाडाैं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन्।

माओवादी केन्द्र, नेकपा (एस)सहितका कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनमा बोल्दै उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास पैदा भएको बताए।

Shivam Cement

‘हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ । हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सक्छौं र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं,’ उनले भने, ‘आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ। एकै साथ १० वटा कम्युनिष्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। दुईवटा, तीनवटा, मिल्ने त भयो होला।’

दाहालले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे।

‘आजको दिन इतिहासमा कसैले विर्साए पनि विर्सिने छैन। यो एउटा नेपाली कम्युनिष्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्र ऐतिहासिक होइन, यो नेपाली राजनीतिमा देखा परेका चुनौतीहरू र संकटहरूको समाधान गर्नका लागि राष्ट्रिय एकताको लागि आधार तयार पार्ने असाधारण पहलको दिन पनि हो,’ उनले भने।

उनले हाल राष्ट्रमा देखिएका संकट, दलहरूमाथि लगाइएका आरोप र आक्षेपहरूको बीचमा पनि यो एकता नयाँ राष्ट्रिय स्वाधिनताको अभियानलाई अगाडि बढाउने ऐतिहासिक कदम भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank