नेकपा एससँगको एकता तत्काल स्थगन गरौं : जनार्दशन शर्मा

दलित अनलाइन कार्तिक १५, २०८२

काठमाडाैं —  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका छन्।

शनिबार पार्टी कार्यालयमा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा बाँदै उनले एकता प्रक्रियालाई तत्काल स्थागन गरेर पार्टीको समग्र पुनर्गठन गर्न माग गरे।

‘नेकपा एससँगको एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु,’ उनले बैठकमा भने।

Shivam Cement

एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने उनले बताएका छन्। यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्‍याउने उनका तर्क छ।

ेनेकपा एससँगको एकथा माओवादी केन्द्रको पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने भन्दै उसले यो प्रक्रिया वास्तविक समाधान भएर कम्युनिस्ट आन्दोलनको बिगठनको बाटो हुने बताए।

‘एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउने छ,’ उनको तर्क छ।

अहिलेको अवस्थाको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने उनको दाबी छ।  बैठकमा आफ्ना कुरा राखेलगत्तै शर्मा बैठकबाट बाहिरिएका छन्। बैठक भने जारी छ। छलफलमा पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादवलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank