जात व्यवस्थाविरुद्ध एक पटक पार्टीभित्र र बाहिर विद्रोह हुन्छ : सांसद अन्जना विशंखे

दलित अनलाईन १६ असार २०७७, मंगलवार ००:३९

काठमाडौं— नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अन्जना विशंखेले जनप्रतिनिधिलाई टिकट दिने बेला नै पार्टीले गल्ति गरेको बताएकी छिन् ।
नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटीको संयुक्त आयोजनामा रुकुम नरसंहार र दलित समुदायमाथि श्रृंखलावद्व रुपमा भएको जातिय विभेदका विरुद्ध जात व्यवस्था र अंगिरा पासीको हत्या विषयक सडक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन् ।
पार्टीले जग्गा दलाल, ठेकेदारका साथसाथै मनुवादी उच्च जातीय अंहकारी मान्छेहरुलाई टिकट दिएकोले रुकुम पश्चिम र रुपन्देही देवदहको घटना घटेको उनको दावी छ । किर्तिपुरलाई विद्रोहको थलोको रुपमा चित्रण गर्दै उनले भनिन्,‘ पृथ्वीनारायण शाहको राज्य विस्तारको विरुद्ध अन्तिमसम्म लड्ने किर्तिपुर बासीले, २०४६ , ६२ र ६३ को जनआन्दोलनमा ऐतिहासिक भुमिका खेलेको स्मरण गराउदैं राजतन्त्र फाल्नमा जसरी भुमिका खेले अब यो जात व्यवस्था फाल्न त्यसरी नै एकजुट हुनुपर्ने बताईन । अंगिरा पासीको हत्यारालाई कडा कारबाही नभएसम्म आन्दोलन निरन्तर जारी राख्नु पर्ने बताइन् । परिवर्तन असम्भव नभएको बताउदै प्रतिनिधिसभा सदस्य विशंखेले हामी परिवर्तन आज गर्ने कि भोलि गर्ने भन्ने कुरा महत्वपूर्ण भएको टिप्पणी गरिन् । उलने भनिन्,‘अब पनि महिला दिदी बहिनीहरु चुलोचौकोमा मात्र सिमित रहे, राज्यले सधै अन्याय र थिचोमिचो कायमै राख्छ ।’
सांसद विशुन्खे ले आफुले पढेको कुरा लाई किताबी ज्ञानमा मात्र सिमित नराखि भौतिक रुपमा नै उपस्थित भएर समाज परिवर्तनमा लाग्न सम्पुर्ण युवा विद्यार्थीहरुलाई आव्हान समेत गरिन् ।

त्यस्तै दलित महिला संघकी महासचिव रेणु सिंजापतिले ४० वर्षदेखि मान्छे हुनको लागि मात्र लड्नु परेको दुखद क्षण लाई सम्झिदैं अबको लडाई सामाजिक न्यायको लडाई हुन पर्ने बताइन् । महिला, पुरुष, जाति, वर्ण, वर्गकै आधारमा यो समाजले कहिलेसम्म उत्पीडित समुदायलाई असमानता र थिचो मिचो गरिरहन्छ ? उनले प्रश्न गरिनन् । हामीले देखेका र सुनेका छौं धेरै विद्वान्हरुले देश यस्तो भए हुन्थ्यो यसरी विकास गरे हुन्थ्यो भनेर तर उहांहरुले कहिल्यै भन्नु हुन्न जात व्यवस्थामा रहेको थिचोमिचोलाई यसरी हटाउन पर्छ भनेर । यसले गर्दा यो सभ्य भनिएको समाज नै विभेदकारी रहेको उनले बताइन् । शिक्षित भनिएका व्यक्तिहरुबाटै नै जातीय व्यवस्थालाई प्रशय दिने खाले अभिव्यक्तिहरु सुनिएको भन्दै उहाँले समाज परिवर्तनमा लाग्नु पर्ने मानिस नै जात व्यवस्था कायम गर्न लागेको आरोप छ ।


कार्यक्रममा लेखक तथा अधिकारकर्मी रिता शाहले सरकारको सोच नै विभेदकारी रहेको बताउँदै रुकुम पश्चिम र रुपन्देही देवदहको घटनालाई विभिन्न बहानाबाजीमा ढाकछोप गरी सरकारले लुकाउन लागेको विश्लेषण थिथो । यी दुई घटना कुनै पनि हालतमा क्षम्य लायक नभएको भन्दै पिडकलाई हदैसम्मको कारबाहीको माग गरिन् । पछिल्लो नागरिकता विधेयकका विरुद्ध बोल्दै शाहले नागरिकता विधेयकलाई राष्ट्रवादी आँखाबाट मात्र नभई महिला र मानवअधिकारको आँखाबाट हेर्नूपर्ने उनको भनाई थियो । यो विधेयक महिलाको हकलाई कुण्ठित बनाउने खाले र समग्र मानवअधिकारलाई नै लत्याउने खाले रहेको उनको दावी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक प्रणिका कोयुले अंगिरा पासी पासी नभएर झा, यादव, शर्मा, पौडेल , पन्त भएको भए धेरै अधिकारकर्मीहरुको लागि एउटा मसला हुने थियो तर यो देशमा धेरै महिला अधिकारकर्मी,बाल अधिकारकर्मी भनेर चिनाउनेहरु अंगिरा पासीको हत्यामा मौन रहनु जातीय हिंसा भएको विश्लेषण गरिन् ।

नेपालको राष्ट्रगानले भने जस्तो सयौं थुंगा फुलका हामी एउटै माला नेपाली ,र संविधान ले बहुजाति बहुभाषी, भन्छ तर एउटै मालामा उनिन पर्ने अंगिरा पासीहरु किन मारिन्छन् किन हत्या हुन्छ नवराज विकहरुको ? उनले सरकारलाई प्रश्न गरिन् । न्यायको आन्दोलनमा सबै समुदाय एक भएर लड्नु पर्ने कोयुको भनाई थियो ।
लेखक सम्झना भट्टराईले एउटा बलत्कारीलाई जिम्मा लगाउने यो समाज नै हत्यारा हो र त्यसको जिम्मा यहिं समाजले लिनुपर्ने भनाई राखिन् । बलात्कारी र हत्यारालाई कारबाही गर्ने कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने जनप्रतिनिधिहरु नै कानुन उल्लघंनमा अग्रपंक्तिमा रहेको दावी छ । २१ औं शताब्दीमा आइपुग्दा पनि जातकै आधारमा मारिनु पर्ने अवस्था रहनु निकै पिडादायक र दुखदायी रहेको भट्टराइको भनाई थियो । न्यायको लागि लड्नुको विकल्प नभएको पनि बताईन । सडक बहस रवि सेन्चुरीको अध्यक्षता, जगत विकको स्वागत र रामलाल राजवंशी विकेको संचालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank