काठमाडाैं — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीभित्र बिग्रह देखिएको छ। पार्टीको एउटा समूह चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै समूह बनाएर माओवादी केन्द्रलगायतको पार्टीसँगको एकताको पक्षमा उभिएका छन्।
शुक्रबार छुट्टै भेला गरेर उनीहरूलाई मिलनलाई महासचिवका रुपमा प्रस्ताव गरेका छन् र उनकै अगुवाईमा पार्टी एकतामा जाने निर्णय गरेका छन्। त्यसमा पार्टीका लगभग ७५ केन्द्रीय सदस्य छन्। विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल नामको पार्टीमा १४५ केन्द्रीय सदस्य थिए।
केही दिनअघिमात्रै विप्लवले यो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए।
_UAliKuUxWq.gif)
माओवादी र एकीकृत समाजवादीबीच एकीकरण प्रक्रिया चलिरहेका बेलामा प्रचण्डले विप्लवहरूलाई पनि पार्टीमा सामेल हुन भनेका थिए। तर अहिले नै एकता गर्ने पक्षमा नभएको भन्दै विप्लवले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।
पार्टीभित्र छुट्टै भेला बोलाएका मिलनले यसबारे शनिबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताए।


























Leave a Reply