सप्तरी – सप्तरी प्रहरीले एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने एक महिला पक्राउ परेकी छन् ।
४० बर्षीया महिलालाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका २ की २२ बर्षीया सुनिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनिताबिरुद्व भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरिएको छ ।
प्रहरीकाअनुसार उनले ४० बर्षीया मानवतीदेवी रामलाई मलमूत्र खुवाउने प्रयास गरेकी थिइन् । श्रीमान् रोजगारीका लागि विदेश गएको अवस्थामा सुनिताले आफूलाई कुटपिट गर्दै मलमूत्र खुवाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
मानवतीदेवीको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार तथा स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी निरीक्षक प्रतिक विष्टले बताए ।
Leave a Reply