छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊ : मानव अधिकार आयोग

दलित अनलाईन २१ जेष्ठ २०८०, आईतवार १९:०४

काठमाडौं—  राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ ।

नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न/गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

दैनिक रुपमा समाजमा घटिरहेका जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानुनको कार्यान्वयनमा सहयोग पु¥याउन आयोग सबै राजनीतिक दल तथा तिनका भातृ संगठनहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, सबै धार्मिक संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा आम नागरिकलाई समेत अनुरोध गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank