काठमाडाैं — २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय छलफल आह्वान गरेकी छिन् ।
निर्वाचनको वातावरण बनाउने पहलस्वरूप बुधबार अपराह्न ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले छलफल आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए ।
_UAliKuUxWq.gif)
यस अघि मंगलबार जेन–जी प्रतिनिधि, आन्दोलनका घाइते र सहिद परिवारका सदस्य गरी नौजनाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकतामा जोड दिएका छन् । जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘समान उद्देश्यका लागि सबै एक ठाउँमा उभिनुपर्छ, तब मात्रै परिवर्तन संस्थागत हुन सक्छ । बलियो खबरदारीले मात्रै भ्रष्टतन्त्रको जालो तोडिन सक्छ ।’


























Leave a Reply