नेपाल समाजवादी पार्टीको संयोजकमा दुर्गा सोब

दलित अनलाइन अशोज १०, २०८२

काठमाडौं—  नेपाल समाजवादी पार्टी (नेसपा)को संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबले पाएकी छन् ।

९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले राजीनामा दिएपछि बरिष्ठ उपाध्यक्ष सोबले संयोजकको जिम्मेवारी पाएकी हुन् ।

आगामी फागुन मसान्तभित्र पार्टीको महाधिवेशन गर्नेगरी सोबले संयोजकको जिम्मेवारी पाएकी हुन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)मा रहेकी भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी निर्माण गरेपछि सोब भट्टराईसँगै नयाँ शक्तिमा समाहित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank