प्रधानमन्त्री कार्कीले आज मोदीसँग फोनमा कुरा गर्ने, त्यसपछि चिनियाँ राजदूतसँग भेट

दलित अनलाइन अशोज २, २०८२

काठमाडौं—  प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ। आज दिउँसो कार्कीले बिहीबार बिहान साढे ११ बजे मोदीसँग टेलिफोन वार्ता गर्दैछिन्।

यसअघि मंगलबारका लागि टेलिफोन वार्ता तय भए पनि त्यो बेला मोदी बिहारको कार्यक्रममा सहभागी भएका कारण अन्तिम समयमा रोकिएको थियो।

जेन-जीको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र चुनाव गराउनेगरी कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। उनको नियुक्तिलगत्तै भारतीय विदेश मन्त्रालयले कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि मोदी आफैले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिए।

बुधबारमात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमै पुगेर कार्कीसँग भेट गरेका थिए। आजै कार्कीलाई चिनियाँ राजदूतले पनि भेट गर्दैछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank