फर्किए रवि नख्खु कारागार

दलित अनलाइन भदौ २८, २०८२

काठमाडौं— रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरिक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका छन्।

जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए। उनी सहकारी ठगी प्रकरणमा थुनामा छन्।

कारागार जानुअघि उनले समाजिक सञ्जालफर्मात देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको उल्लेख गरेका थिए।

उनले आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको जिकिर गरेका छन्।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ उनले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank