को हुन् रुपन्देही ३ का रास्वपा उम्मेद्वार डा. लेखजंग थापा ?

दलित अनलाइन भदौ १५, २०८२

काठमाडौं —  आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा लेखजंग थापाले टिकट पाएका छन्।

पार्टीको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका थापालाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आइतबार चुनाव चिन्ह ‘घण्टी’ हस्तान्तरण गर्दै उम्मेदवार बनेको घोषणा गरे।

थापा सिद्धार्थनगर-९ का बासिन्दा हुन्। थापाले प्राइमरी इलेक्सनमा प्रतिस्पर्धा गरेका अन्य ८ उम्मेद्वारलाई उछिन्दै रास्वपाको उम्मेद्वार चयन भएका हुन्।

को हुन् डा. थापा?

डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। नेपाली न्युरोलोजिस्टको रुपमा उनले १६ वर्षभन्दा बढी समय काम गरेका छन्। थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन्।

उनी समाज सेवामा पनि उत्तिकै सक्रिय छन्। डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन्।

त्यसघि उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट डीएम न्युरोलोजी अध्ययन गरेका छन्।

अनुसन्धानमा सक्रिय थापाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं अनुसन्धान पेपरहरू सार्वजनिक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank