डोल्पामा १५ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

दलित अनलाईन २ भाद्र २०८०, शनिबार २०:४१

काठमाडौँ —डोल्पामा १५ वर्षीया बालिकाको पेटमा ६ महिनाको गर्भ देखिएपछि बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ युवकविरुद्ध ती बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको हो। 

घटनाको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएका हुन्। 

त्यस आधारमा पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका तीनमध्ये  एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको हो। 

अन्य आरोपित फरार छन्। नभागून् भनेर उनीहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ। 

बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको डीएसपी बुढाथोकीले बताए।

उनले भने, ‘पहिला घटनाबारे थाहा भएन। पछि बालिकाको पेटमा बच्चा हुर्कंदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिनुभएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank