आइजिपीको दौडमा एक्ला प्रतिस्पर्धी थिए खापुङ

दलित अनलाइन भदौ १३, २०८२

काठमाडौं —  सधैं नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रतिस्पर्धीका लागि शक्ति केन्द्रमा ‘लिगलिगे दौड’ नै चल्ने गथ्र्योे। तर यसपल्ट भने आईजीपी दीपक थापाको अवकाश हुन एक साता बाँकी रहँदै नयाँ आईजीपीमा एआईजीपी चन्द्रकुबेर खापुङ नियुक्त भए।

थापाको अवकाश हुन एकसाता बाँकी रहे पनि यही विचमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समय परेका कारण मन्त्रिपरिषद बैठकले शुक्रबार नै खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गर्यो।

खापुङ विनाप्रतिस्पर्धा प्रहरीमा निर्विवाद आईजीपी नियुक्त हुने संभवतः पहिलो व्यक्ति हन्। उनले थापाको अवकासपछि प्रहरीको ३२औँ आईजीपीको कमाण्डर समाल्ने छन्। एकल प्रतिस्पर्धी भएका कारण पनि खापुङलाई आईजीपी नियुक्त गर्न सरकारलाई सहज भएको छ।

खापुङका ब्याची रहेका अर्का एआईजी कृष्णहरि शर्मा यही भदौ १५ गते अवकाशमा जाँदैछन् । उनी ५६ वर्षे उमेरहदका कारण अवकासमा जाने तयारीमा छन्। आईजीपी थापासँगै एआईजीपीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी पनि भदौ १९ गते अवकाशमा घर फर्किंदै छन् । ३० वर्षे सेवाहदका कारण तामाङ र गिरी अवकास हुन थालेका हुन्। यस्कारण पनि शर्मा, तामाङ र गिरी आइजिपीको दौडमा थिएनन् । यही भएर खापुङ आईजीपीको दौडमा एक्ला प्रतिस्पर्धी थिए।

हालका आईजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि नयाँ आईजीपीका लागि बाटो खुलेको थियो। थापा आईजीपी बनेको साढे ५ महिनामै अवकाश हुन लागेका छन्। खापुङ भदौ १९ गतेदेखि लागु हुने गरी आइजिपीमा नियुक्त भएका छन् । उनी ०५१ कात्तिक २६ गते प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।

यद्यपि खापुङको कार्यकाल पनि लामो भने हुने छैन। हाल प्रहरीको नियमावली अनुसार उनी दुई महिनापछि नै कात्तिक २६ गते ३० वर्षे सेवाहदका कारण अवकाशमा जानेछन्। संभवतः प्रहरी संगठनमै आईजीपीको सबैभन्दा छोटो कार्यकाल खापुङको हुनेछ।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा रहेका खापुङ कुनै ठूलो विवादमा परेको देखिँदैन। खापुङ डीआईजी भएका बेला कोशी प्रदेश प्रहरी प्रमुख र एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । त्यसअघि पनि उनले विभिन्न युनिटको कमान्ड सम्हालेका थिए।

खापुङ कुल ६ जना दाजुभाइमध्ये साहिँला भाइ हुन् । उनी तेह्रथुमको मोहामा जन्मिएका थिए । उनकी श्रीमती भावना श्रेष्ठले पनि प्रहरीको डीएसपीबाट अवकाश पाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank