‘तीजपर्व लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण’

दलित अनलाइन भदौ १०, २०८२

काठमाडौं —  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताएकी छिन् ।
हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उनले जारी गरेको शुभकामना सन्देशमा तीजले सामाजिक–सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिएको  । उनले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्ने उल्लेख गरेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छिन् । उनले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएको बताएकी छिन् ।

तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने भण्डारीले बताइन् । शुभकामना सन्देशमा भनिएको छ– “पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ । तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank