म जिवितै छु, क्रान्ति र विद्रोहको रहर पनि अझै जिवित छ: प्रचण्ड

दलित अनलाइन साउन १८, २०८२

काठमाडौं — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक विद्रोह र क्रान्ति गर्ने आफ्नो रहर अझैं जीवितै रहेको बताएका छन्।

सहिदहरूको सम्झनामा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको तयारीदेखि दश वर्षे जनयुद्ध र अहिलेसम्म पनि आफू जीवितै रहन सकेको भन्दै फेरि एकपटक क्रान्ति र विद्रोहको आवश्यकता देखाएका हुन्।

‘प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई प्रतिरोध गर्नका लागि हामी फेरि बल गर्दैछौं। मलाई त जनयुद्धको तयारी, जनयुद्धदेखि संविधानसभा हुँदै अझैसम्म जीवित रहन सकेको र नेतृत्वमा पनि भइरहेका कारण एकचोटी फेरि नयाँ क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने भन्ने संकल्पसहित लाग्नुपर्छ भन्ने लाग्छ’ उनले भने ‘मैले गर्ने प्रतिवद्धता यही हो र त्यसको तयारी पनि गरिरहेको छु।’
उनले चाँडै नै फेरि मध्यपहाडी लोकमार्गको यात्रा सुरु गर्ने र सहिद परिवारहरूसँग जोडिने पनि बताए।

Shivam Cement

‘चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, सहिद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हमी हाम्रो आफ्नै वर्गसँग जोडिदैछौं’ उनले भने।
दाहालले आफू प्रधानमन्त्री हुँदा जनयुद्ध सुरु गरेको दिनलाई राष्ट्रिय दिवसका रुपमा घोषणा गरिसकेको र पछि त्यसलाई अदालतले रोक लगाएकोमा चित्त पनि दुखाए।
‘त्यो अदालतमा प्रवेश गर्ने वा गराउनेखालको विषय नै थिएन’ उनले भने ‘जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नुपर्ने कुनै कारण नै छैन। त्यसलाई आत्मसात गर्दै फेरि पनि जनयुद्धलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्छ। त्यसका लागि पनि पहल गरिरहेका छौं’ उनले भने।

दोलखाको बोत्लेमा तत्कालीन शाही सेनाले १५ जना माओवादी कार्यकर्ताहरूको हत्या गरेको छ। माओवादीले त्यही हत्याकाण्डको सम्झनामा ‘बोत्ले स्मृति दिवस’ मनाउँछ। यो कार्यक्रमको सुरुवातमा उक्त घटनामा आधारित एउटा वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank