अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरपालिकाले गर्‍यो सम्मान

दलित अनलाइन असार २२, २०८२

चितवन—     भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ। जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैरदलितबिच अन्तरजातीय विवाह गर्ने जोडीलाई एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो।

अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत पाँच वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताइन्। हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उनले खुसी व्यक्त गर्दै जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गरिन्।

Shivam Cement

जातीय विभेदको केही अवशेषहरू अहिले पनि रहेको बताउँदै मेयर दाहालले सामूहिक प्रयासबाटै विभेद हटाउनुपर्नेमा जोड दिइन्। संविधानले जातीय विभेदलाई अपराधजन्य गतिविधिको रूपमा व्याख्या गरेको र ०६२/६३ सालपछि जातीय विभेद घट्दो क्रममा रहेको उनको भनाइ थियो।

नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताए। अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोच पूर्ण रूपमा नहटेको बताउँदै उनले यसलाई क्रमशः चिर्दै जानुपर्ने औँल्याए।

महानगरले यसअघि आव ०७७/७८ मा तीन जोडी, आव ०७८/७९ मा तीन जोडी, आव ०७९/८० मा सात जोडी र आव ०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank