एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशतले प्राप्त गरे ग्रेडिङ

दलित अनलाइन असार १४, २०८२

काठमाडौं, साउन  १४ — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले एसईई को नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजा अनुसार एसईई ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडिङ प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४।० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank