प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित

दलित अनलाइन जेष्ठ २६, २०८२

काठमाडौँ —  प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले सदन सञ्चालनमा अवरोध गरेका हुन्।

आजको बैठक दिउँसो २ बजे बस्ने कार्यसूची थियो। तर डेढ घण्टा ढिलो सुरु भएको बैठक पाँच मिनेटमै ३० मिनेटका लागि स्थगित भएको थियो। बैठक सुरु भएको जानकारी  सभामुख देवराज घिमिरेले जानकारी गराएसँगै विपक्षीहरूले उठेर टेबुल ठोक्दै विरोध जनाएपछि उनले स्थगित भएको सूचना पढेका थिए।

तर बैठक ३० मिनेटपछि नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ।

Shivam Cement

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षीको माग छ भने सत्तापक्ष यसका लागि तयार भएको छैन।

वैशाख १३ गतेदेखि विपक्षीले यही माग राख्दै सदन अवरोध गर्दै आएका छन्। उनीहरूले जेठ १५ गते भने बजेट पेस गर्न दिएका थिए। त्यसपछि बैठक जेठ १९ गते बसेको थियो। उक्त बैठक र त्यसयताका सबै बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank