उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र

दलित अनलाइन जेष्ठ २४, २०८२

विराटनगर—  विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा दुई दिनसम्म चलेको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा न्यायिक सुधारको माग, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषय, योजना कार्यान्वयन र अनुगमनमा सुधार, औद्योगिक क्षेत्रमा अधिकार विस्तार, सेवा प्रवाहमा सुधार र संघीयताको सुदृढीकरणलगायतका विषय समेटिएको छ ।

घोषणापत्रमा न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरूको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरिएको छ । साथै, सबै स्थानीय तहले न्यायिक समितिका कार्यहरूमा एकरूपता कायम गर्न कार्य विधि निर्माण गरी लागू गर्नुपर्ने उल्लेख छ ।

विशेष गरी, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा संशोधन गर्न र न्यायिक समितिले गरेका निर्णय तथा फैसलाको कार्यान्वयन न्यायिक समितिबाटै हुन सक्ने कानुन संशोधन गर्न संघीय सरकारसँग माग गरिएको छ ।

Shivam Cement

घोषणापत्रमा आर्थिक अधिकारको विषयलाई प्रमुखताका साथ उठाइएको छ । संघीय तथा प्रदेश सरकारबाट प्रत्येक वर्ष सशर्त अनुदानको रकम बृद्धि गरेर वित्तीय समानीकरणको अनुदान घटाउँदै गएको भन्दै यसलाई बढाउन माग गरिएको छ । साथै, योजना तथा कार्यक्रम छनोट गर्ने अधिकार स्थानीय तहलाई दिन माग गरिएको छ । विराटनगर घोषणा पत्र_page-0001विराटनगर घोषणा पत्र_page-0002

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank