श्रीमान भागे,सासु–ससुराले एलिसा विकलाई घरबाट लखेटे

प्रेम सुनार ३१ जेष्ठ २०७६, शुक्रबार १५:१०

 

प्रेम सुनार
बुटवल –अन्तरजातीय विवाह गरेर श्रीमानको घर भित्रिएकी एलिसा विकलाई सासु–ससुराले घरबाट निकालेका छन् ।
सल्यानको कमोखमालिका गाउँपािलका ६ च्याउखोलाका २२ वर्षीय टिकाराम रावतसँग ३ वर्ष २०७३ कार्तिक ११ गते प्रेम विवाह गरी घर भित्राएका थिए ।
दलित समुदायको छोरी छोराले विवाह गरी घर भित्राएपछि विवाह गरेको वर्षबाट घर पस्न नदिएका बाबु-आमाले कुटपिट गर्नुको साथै छोरोलाई भगाएर बुहारी निकालेका हुन् । तीन महिनासम्म एलिसालाई गोठमा राखियो । एलिसाको श्रीमान टिकाराम रावत पनि केही समयपछि बाबु आमाको साथ लागे । गोठमा राखिएकी श्रीमति एलिसालाई श्रीमान रावतले कुटपिट गर्न थाले । बाबु आमाको सल्लाहमा लागेर आफुहलाई दैनिक जस्तो कुटपिट गर्न थालेपछि उनी माइत फर्किइन् । तर केही समयपछि श्रीमान जाजरकोटस्थिति माइत आइपुगे । घरमा आमा बाबुलाई कुरा गरेको अब जातीय आधारमा विभेद नगर्ने र घरभित्र नै बस्ने दिने कुरा परिवारमा भएको बताएपछि एलिसा श्रीमानसँगै सल्यान फर्किएकी थिइन् ।
श्रीमान सहित घरमा आएपछि पुन सासु–ससुराले एलिसालाई घरभित्र लैजान इन्कार गरे । पुन एलिसालाई गोठमै राखियो । यसैबीचमा एलिसाबाट छोरी जन्मिइन् । सुत्केरी अवस्थामै श्रीमान र सासु ससुराबाट पटक पटक गाली र अपमान खापेकी एलिसालाई छोरी जन्माएको ७ महिनापछि पुन कामीको छोरीलाई घर पस्न नदिने अडानसँग श्रीमानबाटै कुटपिट भएपछि पुन माईत फर्किएको एलिसा बताउँछन् । एलिसा माइतमा बस्दै आएकी थिइन् । तर गएको दशैमा श्रीमान अब आफुहरुले कहिल्यै त्यसो नगर्ने दावी र सहमति गरेपछि छोरी लिएर एलिसा दोस्रो पटक श्रीमानसँग घर फर्किएकी थिइन् ।

श्रीमान भागे, आमा बाबुले घरबाट लखेटे
आफुभन्दा तल्लो जातको केटी छोरा विवाह गरेर लिएपछि घरमा रहेको आमा बाबु रिस थामीसक्नु थिइन् । एलिसालाई घर भित्राउन पटक पटक छोराले आमाले भन्दै आएका थिए । तर आमा एलिसालाई घर भित्राउने पक्षमा दिइन् । बरु आमा बाबुले छोरालाई छुटाइदिए । आफुले पाउने सम्पति पाएपछि सानो छाप्रो लगाएर बस्न थालेको ६ महिना बित्न पाएको थिइन् । बारीको कुनामा बनाएको सानो छाप्रोमा भन्दा पनि एलिसाको श्रीमानको बास मूल घर आमा बाबुकैमा बढी हुने गथ्यो । २०७५ माघ २९ गते सानो छाप्रोमा बसी रहेकी एलिसा र छोरीलाई श्रीमान सहित सासु समेतले एक्कासी कुटपिट गर्न थालेपछि घटनाले अर्को मोड लियो । एलिसा भन्छिन् ,‘कसो कसो गरेर म बाँच्न सफल भएकी हुँ ,नत्र मेरो लास हुने थियो । ’
दुई दिनसम्म छाप्रोमा सुतेर तीनदिनपछि उठेर छोरी लिएर माइत गए । श्रीमानको अत्तोपत्तो छैन । श्रीमान त्यही दिनबाट भाग्यो । कहाँ छ ? थहाँ छैन ! पछि एक पटक घर गए । तर श्रीमान छैन । कहाँ जाने ? के गर्ने । दुख पाएर फर्किए ।

एलिसा गइन् प्रहरीकोमा तर बाबु आमा छुटे
एलिसाले सल्यान जिल्ला प्रहरी कार्यालयमा २०७५ चैत १७ गते छुवाछुत विरुद्धको मुद्धा दायर गरिन । एलिसाको मुद्दाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानले सासु–ससुरा पक्राउ ग¥यो । श्रीमान फरार भएको कारण पक्राउ गर्न सकेन । तर बाबु आमालाई प्रहरीले पक्राउ गरेको केही समयमै छाडेको थियो ।
सल्यान जिल्ला प्रहरी कार्यालयमा डिएसपी विरेन्द्र शाहीले सम्भवत् जातीय छुवाछूतको मुद्दा यो पहिलो भएको बताए । एलिसामाथि भएको यस घटनालाई हामीले गम्भिर ढंगबाट हेरेको हुनाले प्रहरीबाट कुनै पनि कामीकमजोरी नहुने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank