भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

दलित अनलाइन जेष्ठ २३, २०८२

काठमाडौँ — भिजिट भिसा प्रकरणलाई अगाडि बढाउन छानविन समिति बनाउन विपक्षी दलहरू सरकारको प्रतिवद्धता खोजेका छन्।

शुक्रबार बसेको विपक्षी दलहरुको बैककले सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्ष निकलोको हो।

Shivam Cement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन्।

अब भने विपक्षी दलहरुले केही लचिलो बनेका छन्। सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्।

आज १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank