काठमाडौँ —संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले शासनसत्ताको चरित्र नबदलिएको बताउँदै अझ जिम्मेवारी बोधका साथ नेपालको संविधान अनुरुप सबैप्रकारका विभेद र उत्पीडनहरूको अन्त्य गर्ने दायित्व पूरा गर्न सरकार र राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस, २०८२ का अवसरमा समितिले शुभकामना सन्देश जारी गदैं शासनसत्ताको आधारभूत चरित्र, चिन्तन, साेंच, शैली र संस्कारमा अपेक्षित रुपमा परिवर्तन हुन नसकेको बताउँदै सरकार र राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धी र संविधानले सुनिश्चित गरेका हक अधिकारहरुको कार्यान्वयन हुन नसेको भन्दै शासनसत्ताको चरित्र, राजनीति, पार्टी र नेताहरुको चरित्र बदल्नुपर्नेमा संयुक्त संघर्ष समितिले जोड दिएको छ ।
_KhaYWeEYXG.gif)
जारी सन्देशमा भनिएको छ,’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न जनअपेक्षाको सम्बोधन र परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरूमा अधिक जिम्मेवारीबोधका साथ अघि बढ्न अनिवार्य भइसकेको छ,’समितिको भनाइ छ, ’नेपालका दलितहरूको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूलाई सही ढङ्गले बुझ्न, स्वीकार गर्न र रुपान्तरणमा जोड दिनका लागि दलित समुदायका रहेको आर्थिक गरिबी, मानवीय गरिबी र सामाजिक बञ्चितीकरणको एकसाथ संबोधन गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिवद्व रही सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्छ ।’
मिति : २०८२/०२/१५
अठारौं गणतन्त्र दिवस–२०८२ को शुभकामना
नेपाली जनताको सात दशक लामो सङ्घर्षको दौरान भएका आर्थिक–सामाजिक सन्निकट सचेतनाको संयोजनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकताको झ्यालबाट भविश्यमा छुवाछूतलगायत सबैप्रकारका जातीय भेदभावमुक्त सुन्दर र शान्त नयाँ नेपालको तस्वीर सहजै देख्न सकिने राजनीतिक अवस्थामा प्रवेश गरेको ऐतिहासिक १८ औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुुभाइहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं । वि.सं.२०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र परिवर्तनका पक्षधर नेपालका दलितलगायत आम नेपाली जनताले विजय हासिल गरेको सङ्घर्षहरूको प्रतिफल हो । यस ऐतिहासिक दिनमा गणतन्त्र स्थापनाका लागि भएका क्रान्ति, जनयुद्ध र जनआन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवम् बेपत्ता योद्धाहरूको बलिदानीको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
ऐतिहासिक परिवर्तनपछि पनि नेपाली जनताका सामाजिक न्यायका मुद्दाहरूको सही ढङ्गले सम्बोधन हुन नसक्दा राजनैतिक परिवर्तनले शासनका पात्र मात्र परिवर्तन भए । तर, शासनसत्ताको आधारभूत चरित्र, चिन्तन‚ साेंच, शैली र संस्कारमा अपेक्षित रुपमा परिवर्तन हुन नसकेको हुनाले सबैभन्दा उत्पीडन तथा विभेदको मार नेपालका दलित समुदायले खेप्नुपरेको छ । यसले केवल दलित समुदायमा मात्र होइन आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै क्रमशः आक्रमण भइरहेको सर्वविदितै छ । यस विषम परिस्थितिमा अझ जिम्मेवारी बोधकासाथ नेपालको संविधान अनुरुप सबैप्रकारका विभेद र उत्पीडनहरूको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न जनअपेक्षाको सम्बोधन र परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरूमा अधिक जिम्मेवारीबोधका साथ अघि बढ्न अनिवार्य भइसकेको छ । गणतन्त्र दिवसको यस दिनको अवसरमा नेपालका दलितहरूको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूलाई सही ढङ्गले बुझ्न, स्वीकार गर्न र रुपान्तरणमा जोड दिनका लागि दलित समुदायका रहेको आर्थिक गरिबी, मानवीय गरिबी र सामाजिक बञ्चितीकरणको एकसाथ संबोधन गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिवद्व रही सकारात्मक सोंचका साथ अगाडि बढ्न आव्हान गर्दै गणतन्त्र दिवस, २०८२ को अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । साथैं सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि भैरहेको आक्रमणका बिरुद्ध एकजुट हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा आव्हान गर्दछौं ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिमा आबद्ध घटक संङ्घ÷सङ्गठनहरू
१. दलजित श्रीपाली : अध्यक्ष, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
२. लोकबहादुर विश्वकर्मा : अध्यक्ष, नेपाल दलित संघ
३. मनोहर विश्वकर्मा : अध्यक्ष, नेपाल उत्पीडित जातीय मुक्ति समाज
४. रामअवतार पासवान : अध्यक्ष, नेपाल दलित मुक्ति संगठन
५. रामलाल सी : अध्यक्ष, श्रमिक समुदाय मोर्चा नेपाल
६. राजेश विश्वकर्मा : अध्यक्ष, जातीय समता समाज
७. टेकबहादुर वि.क. : अध्यक्ष, एकीकृत दलित मुक्ति मोर्चा, नेपाल
८. उपेन्द्र छटुन्जेल : अध्यक्ष, नेपाल राष्ट्रिय दलित केन्द्र
९. शिव वर्माः अध्यक्ष, समाजवादी दलित मुक्ति मोर्चा
१०. प्रदिप घतालः महासचिव, समाजवादी दलित मुक्ति सङ्गठन
११. शंकर सुनारः संयोजकः नेपाल समाजवादी दलित मुक्ति सङ्गठन
१२.कमला विश्वकर्मा, संयोजकः समाजवादी दलित शिल्पी मुक्ति संगठन
दलजित श्रीपाली
संयोजक, संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति
तथा अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा


























Leave a Reply