रुकुम नरसंहारको पाँच वर्ष पूरा

रुकुम नरसंहार: सामन्ती जातव्यवस्थालाई सफाइ दिने दुष्कार्य

गणेश नेपाली जेष्ठ १०, २०८२

मल्ल थरकी किशोरीसँग लामो प्रेम सम्बन्धमा रहेका किशोर नवराज विक उनकै प्रेमिकाको आह्वानमा साथीहरू लगेर प्रेमिकाको गाउँमा भागी विवाह गर्ने भनेर पुग्छन् । अल्लारे उमेरका नवराज र उनका साथीहरूले उनीहरूलाई गाउँमा पुगेपछी ज्यानै जाला भन्ने कल्पना गर्न सकेनन् । त्यो उनीहरूको उमेरको अपरिपक्वता थियो । त्यसो त प्रेम गर्नेहरू जोखिमकै सामना गर्न तत्पर हुन्छ्न या जोखिम उठाउन अभ्यस्त भइसकेका हुन्छन् । अधिकांश अल्लारे उमेरको प्रेम, उमेर मिल्दा साथीहरूकै सहयोगमा विवाहमा परिणत भएका छन् । नवराजका साथीहरूले पनि साथी नवराजको प्रेम विवाहका लागि बलिदान हुनुपर्ने निर्मम अकल्पनीय षडयन्त्र रचिइसकेको घटनाक्रमले पुष्टि गर्दछ । २०७७ साल जेठ १० गते नवराज लगायत छजना केटा किशोर युवाहरूको ज्यान लिएरै छाडे मल्ल परिवार , तिनका आफन्त र मल्लका गाउँलेहरूले ।

नवराज र उनका साथीहरूलाई गाउँलेहरू नै प्रत्यक्ष संलग्न भएर हत्या गरिनुका पछाडी जातीय दम्भ र अहंकार नै थियो । नवराज कथित तल्लो जात र केटी कथित सामन्ती उपल्लो जात भएका कारण उनी लगायत उनका साथीहरूलाई क्रुर जातीवादी निर्दयी गाउँले जत्थाले हत्या ग¥यो । त्यो मानव इतिहासको कलंकित जातीय नरसंहारको एउटै कारण हिन्दू धर्मभित्रको जात व्यवस्था नै हो ।  २०७७ जेठ १० गते जस्ता जातीय द्वन्द्व, हत्या र हिंसा जस्ता जघन्य घटनाहरूले हिन्दू धर्म भित्रको अमानवीय निर्दयी चरीत्रलाई नांगो पारीरहेका छन् । जातीय दम्भ र अहंकारले मैमत्त हिन्दू समाज यस्ता घटनाहरूबाट न सिक्न चाहन्छ, न सिकाउन चहान्छ, न सुध्रिन चहान्छ । समाजमा व्याप्त यस्ता विभेद असमानताका कारण विगतमा अनेक क्रान्ति, आन्दोलन र विद्रोहहरू भए । ति क्रान्ति आन्दोलन र विद्रोहकै कारण देश र समाजले जनधनको कहाली लाग्दो क्षति भोग्नुप¥यो । समाज र देशलाई बर्बादै पार्ने सामाजिक संरचना रीतिरिवाज परम्परा र कुसंस्कारलाई कहिले सम्म नेपाली समाजले अंगालिरहने होला ?

नवराज र उनका साथीहरूका हत्याराहरूलाई अदालतले सजाय दिने कानूनी प्रक्रिया चलिरहेको छ । रुकुम जिल्ला अदालतले दोषी प्रमाणित भएकाहरूलाई ज्यान मार्ने अपराध र जातीय विभेद कसुर तथा अपराध गरेको भनी आजीवन कारावास र जातीय विभेद सम्बन्धि अपराधमा थप रू ५०००० पचास हजार जरिवाना र दुई बर्ष कैद फैसला सुनाएको थियो । दोषी प्रमाणित भएकाहरूले पुनरावेदन गरेपछि सुर्खेत पुनरावेदन अदालतले हत्या अभियोग मात्र सदर ग¥यो र जातीय विभेद सम्बन्धि सजायलाई बदर गरिदियो । नवराज विक र उनका साथीहरूको जातीय नरसंहार हुनुको कारण कथित तल्लो जातले कथित उपल्लो जातसँग प्रेम गर्नु र विवाह गर्ने हिम्मत गर्नु हो । तर पनि सुर्खेत पुनरावेदन अदालतबाट हत्याको प्रमुख कारणलाई उपेक्षा गरी नेपाली समाजमा विद्यमान निकृष्ट अहंकारी सामन्ती जातव्यवस्थालाई सफाइ दिने दुस्कार्य भएको छ । सुर्खेत पुनरावेदन अदालतले सामन्ती निकृष्ट अहंकारी जातव्यवस्थालाई निर्दोष करार दिने कारणको खोजी हुँदैछ । विद्रोही युवाहरूले आफ्नो समुदायको सम्मान र न्यायको लागि पुनरावेदन अदालतको ढोकामामै उभिएर न्यायमूर्तिहरू विरुद्ध नारा लगाए , त्यो विद्रोह जारी छ । जो प्रत्यक्ष बोलेका छैनन् यसको अर्थ सुर्खेत पुनरावेदन अदालतको फैसलालाई स्वीकार गरेका हुन भन्ने हुँदै होइन । त्यो फैसलाप्रति र फैसला गर्ने न्यामूर्तिहरूको नियत र आसय प्रति जातीय विभेद र छुवाछुतबाट पिडित, अवहेलित, अपमानित, सिंगो समुदाय विमति राख्दछ । कोही मौन छन् यसको मतलब सुर्खेत उच्च अदालतको निर्णयप्रति सहमत छन भन्ने होइन । सार्वजनिक रूपमा होहल्ला गरेर बोल्नु मात्र न्यायलयको विरोध होइन ।

नवराज विक र उनका साथीहरूको जातीय नरसंहार हुनुको कारण कथित तल्लो जातले कथित उपल्लो जातसँग प्रेम गर्नु र विवाह गर्ने हिम्मत गर्नु हो । तर पनि सुर्खेत पुनरावेदन अदालतबाट हत्याको प्रमुख कारणलाई उपेक्षा गरी नेपाली समाजमा विद्यमान निकृष्ट अहंकारी सामन्ती जातव्यवस्थालाई सफाइ दिने दुष्कार्य भएको छ ।

सुर्खेत उच्चादालतको निर्णयले त्यो फैसला गर्ने न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र अनुभव समेत माथी प्रश्न उठाइरहेको छ । कुनैपनि न्यायिक र अर्धन्यायिक निकायहरूले हामिले जे गरेपनि हुन्छ अझ हिजो देखि सहदै आएको उत्पिडित शोषित जातव्यवस्थाको पीँधमा राखिएको समुदायले के गर्न सक्छ भन्ने मनुनिर्मित वर्णवादी जातव्यवस्थाका पृष्ठपोषकहरूले नसोचे हुन्छ भन्ने संदेश पनि प्रवाह भएको छ । केही अपराधीहरूलाई बचाउन, सामन्ती प्रथालाई मलजल गर्न कुनै पनि जिम्मेवार निकाय प्रयोग हुनु हुदैन, यदि त्यस्तो गरियो भने निस्पक्ष हुनुपर्ने निकायहरू माथी जनविश्वास त बाकी रहदैन नै त्यस्ता संस्थाहरूको पनि मर्यादा र गरिमा क्षय हुने निश्चित छ ।

त्यसैले बोल्नेहरू वा विद्रोह गर्ने मात्र असहमत छन भन्ने होइन , नबोलेका हरूको मनोविज्ञान बुझ्न जरूरी छ । मौन असहमतिलाई कमजोरी ठानिनु हुदैन् । बस त्यो विस्फोट हुन केही समय मात्र लाग्ला । विस्फोट त अवश्य हुन्छ, हुनेछ । पिडितको पीडा विस्फोट हुदा हुने क्षति विगतबाट सिक्न जरूरी छ । समयमै सचेत हुनुको विकल्प छैन । न्यायालयमा कुनै पनि बहानामा यस्तो गैर जिम्मेवारी कार्य हुनु हुदैनथ्यो । भविष्यमा यस्ता घटना नघट्न दिन न्यायालयमा विशेष किसिमको संयन्त्र बन्नैपर्ने देखिन्छ । न्यायालयद्वारा नै यस प्रकरणकै बारेमा पनि जाँच बुझ हुनुपर्छ ।

Nepatop

यो घटनाले र विशेषगरी हिन्दू धर्म र नेपाली समाजलाई जुन पाठ सिकाएको छ । त्यसप्रति नेपाली समाज र हिन्दू धर्म गम्भीर हुन सकेकै छैन् । नेपाली समाजमा अधिकांश हिन्दूहरू बसोबास गर्छन् र हिन्दू धर्मावलम्बीहरूले ८०% भन्दा बढी हिन्दू छन भनेर दाबी गरिरहेका छन् । त्यस ८० प्रतिशत भित्र १३ प्रतिशत भन्दा बढी जसलाई जातीय विभेद र छुवाछूत हिन्दू धर्म भित्र नै हुन्छ, छन् । यो जातीय विभेदका र छुवाछुतका कारण उत्पिडित समुदाय आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक र साँस्कृतिक रूपमा अवहेलित, बञ्चित, अपमानित, शोषित, भैरहेका छन् । जो जहाँ पिडित, अवहेलित, दमित, बञ्चित, अपमानित र बहिस्कृत छन् त्यहाँ कहिले सम्म सहेर बस्लान् ? अहिले देशमा धर्मान्तरण पनि निकै बढेर गएको छ । १३% भन्दा बढीले जातीय विभेद र छुवाछूत कै कारण धर्मान्तरण नगर्लान त ? यदि समय छदै सुधारिएन भने एकातिर हिन्दूहरूको संख्या घट्ने छ अर्कोतिर वेद, पुराण र उपनिषदहरूको ज्ञान माथी पनि प्रश्न उठ्नेछ ।

त्यस्तै नेपाली समाजमा धर्म र जातजातिका नाममा हिंसा नभएको र हाम्रो समाजमा सहिष्णुतापूर्ण अनुपम छ भनेर फुई लगाइन्छ । तर जुन समाजले जातीय विभेद र छुवाछूत गरि एक समुदायलाई अपमान, बञ्चित, बहिस्कृत, शोषण र अवहेलना सदियौँदेखी गरिरहेको छ र गरिरहन चाहान्छ त्यो समाजले सहिष्णु भएको दावी गर्न पाइदैन् । मानिसले मानिसलाई जातका आधारमा छुनै नहुने, छोइए चोखिनु पर्ने जस्ता अमानवीय, पाशविक दुव्र्यवहार गरिरहन्छ र अन्तरजातीय विवाह र प्रेम गर्नेहरूलाई विस्थापित गर्ने, हत्या गर्ने र जातच्युत नै गर्ने जस्ता जघन्य अपराध गर्दछ भने त्यो समाजले सहिष्णुताको खोल ओढ्न कदापी पाइदैन । मन्दिरमा, विद्यालयमा, धेरै सार्बजनिक स्थलहरूमा नेपाली समाजले आफै आफ्नो नक्कली सामाजिक सहिष्णुताको खोल स्वयम् च्यातिरहेको छ । सोती जातीय नरसंहारमा त झन कथित सामाजिक सहिष्णुताको मुखुण्डो नेपाली समाजलाई लज्जित बनाएर उत्रिएको छ । राज्यका संपूर्ण निकायमा विभेद र छुवाछुत गर्ने र गरिरहेकाहरूको एकलौटी सहभागिता छ । छुवाछुत र विभेद गर्ने कसुरदारलाई जसरी भएपनि बचाउन ल आफ्नो इजार नै खुलेको थाहा पाउँदैनन् । सुर्खेतमा यस्तै भएको हुनुपर्छ ।

सामाजिक र धार्मिक सोचमा मानवीय परिवर्तन नहुदा सम्म सोती घटनाको पुनरावृत्ति भैरहने छ । न्यायालय पनि विवादमुक्त हुने छैन् । अवको चुनौती भनेकै सुर्खेत प्रकरण र सोती नरसंहारलाई दोहरिन नदिने हो । अब जातीय विभेद र छुवाछुत सम्बन्धी आपराधिक घटना र दुव्र्यवहार हुनै नदिन सामाजिक जागरण पनि त्यत्तिकै जरुरी छ जति पिडितले न्याय र पिडकले सजाय पाउन जरुरी छ ।

नवराज विक र उनका साथीहरूका परिवारलाई न्याय दिलाउन शुरू देखि नै सजिलो भएको होईन । त्यतिबेला पनि राज्य नै , भाग्दा भेरीमा खसेर मरेका हुन, हत्या गरिएको होइन भन्ने प्रमाणित गराउन न्वारानदेखिको बल लगाएर लाग्यो । देशभरी निरन्तरको खबरदारी , आन्दोलन, दलितलाई वस्म्याटर , ३ स्टोपकिलिङ दलित जस्ता अभियान सामाजिक संजालमा चलाईएका कारण रुकुम जिल्ला अदालतबाट न्याय पाइएको हो । रुकुम जिल्ला अदालत जस्तै सुर्खेत उच्च अदालतले पनि गर्नेछ भन्ने विश्वासमा परेर आन्दोलन अलि शिथिल भएको थियो ।

नवराजको न्यायका लागी आन्दोलन र अभियान मत्थर भएको ठानेर सुर्खेत प्रकरण भएको हुनुपर्छ । एक चरण फेरि  सर्वोच्च अदालत पनि  बाँकीछ । सर्वोच्चमा अपिल गरिसकेपछी चुप लागेर बस्नु हुँदैन नवराज विक र उनका साथीहरूको न्यायका लागि निरन्तर खबरदारी, आन्दोलन र अभियान  अवाश्यक  छ । सोती घटनामा हत्या गरिएका नवराज विक र उनका साथीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली, नवराजको लागि न्याय आन्दोलन र अभियानमा एक्यवद्धता र नवराजसँग सोती गइ घाइते भएका नवराजका साथीहरूलाई हार्दिक सम्मान !

One response to “रुकुम नरसंहार: सामन्ती जातव्यवस्थालाई सफाइ दिने दुष्कार्य”

  1. Ganesh Nepali says:

    हार्दिक धन्यवाद श्री अशोक दर्नालज्यू, हार्दिक धन्यवाद dalitonline.com

Leave a Reply to Ganesh Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank