दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति

दलित अनलाइन जेष्ठ ४, २०८२

काठामडौं —    दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।

यससँगै यो मुद्दाको सुरु भएको ५६ दिन पुग्छ। यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा छ। केही दिनमा सरकारी वकिलको कार्यालयले त्यसपछि बढीमा चार दिनमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गर्दैछ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए। त्यसपछि उनी फरार थिए। भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank