माधव नेपाल शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै

दलित अनलाइन बैशाख १५, २०८२

काठमाडौं  —  २७ दिनदेखि जारी शिक्षक आन्दोलन आइतबार एकाएक उग्र बन्यो। प्रहरीले बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भए भने केही पत्रकारहरू पनि घाइते भए।

प्रतिपक्षीहरूले शिक्षक आन्दोलनलाई अनावश्यक उत्तेजित बनाइरहेको सत्तापक्षले आरोप लगाइरहँदा प्रतिपक्षी मध्येकै एक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँन जाने भएका छन्।

अध्यक्ष नेपाल आज दिउँसो साढे १२ बजे शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल जान लागेका नेता जगन्नाथ खतिवडाले बताए।

Laxmi sunrise bank 2034

उनले भनेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ, अपमान र दमनको विरोधमा बैशाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष क. माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौं।’

उक्त विधेयक संसद्‍को शिक्षा समितिमा छलफलको क्रममा छ। उक्त समितिका सभापति छन् एकीकृत समाजवादीकै सांसद अम्मरबहादुर थापा। उनकै समितिमा अड्किएको छ विद्यालय शिक्षा विधेयक।

समितिले नै विधेयक पारित गर्न समय लगाउँदा संसदमा पेस हुन सकेको छैन। समितिले प्राथमिकतामा राखेर विधेयक पारित गरेको भए संसदमा पेस भएर दुवै सदनले पारित गरेर ऐनको रुपमा जारी भइसकेको हुने थियो।

उक्त समितिकै सभापति थापाले विधेयक पारित हुन समय लाग्ने बताउँदै तत्काल ऐन जारी हुन नसक्ने बताउँदै हिँडेका छन्। यता उनको पार्टीका अध्यक्ष माधव नेपाल भने शिक्षकहरूको माग चाँडो सम्बोधन गर्न दवाब दिने भन्दै आन्दोलन स्थलमै गएर शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै छन्।

विद्यालय शिक्षा विधेयक अहिले शिक्षा समितिको उपसमितिमा संशोधनसहित छलफलमा छ। उसपमितितिलाई वैशाख २३ गतेसम्मको समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank