कुलमानको समर्थनमा लागेका उर्जाराज्यमन्त्री कान्छारामलाई ओलीको कारबाही

दलित अनलाइन बैशाख १०, २०८२

काठमाडौं  — प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। उर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादमा राज्यमन्त्री तामाङ घिसिङको पक्षमा खुलेरै लागेका थिए।

कुलमानलाई हटाएपछि राज्यमन्त्री तामाङ प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्काको तारो बनेका थिए। खड्का र तामाङ दुवैजना नेपाली कांग्रेसका सांसद हुन्।

Laxmi sunrise bank 2034

तामाङलाई हटाउने संकेत गृहमन्त्री रमेश लेखकले केही घण्टाअघि गरेका थिए। उनले तामाङलाई फोन गरेर पदबाट राजीनामा दिन भनेका थिए। तर, उनले राजीनामा घोषणा नगरेपछि ओलीले बर्खास्त गरेको सूचना राष्ट्रपतिलाई पठाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank