वीरगञ्जमा आइतबार राति १२ बजेसम्म कर्फ्यु

दलित अनलाइन चैत्र ३१, २०८१

काठमाडौँ— हमुमान जयन्तीको शोभायात्रा कार्यक्रममा दुई समूहबिच तनाव र झडप पछि वीरगन्जमा लगाइएको कर्फ्यु अर्को आदेश नभएसम्म आइतबार राति १२ बजेसम्म रहेको जिल्ल प्रशासन कार्यालय पर्साले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै वीरगन्ज महानगर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीरगन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ।

Laxmi sunrise bank 2034

प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ। उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank