गणतन्त्र र धर्मनिरपेक्षविरुद्द हुने कुनै प्रकारको आन्दोलन दलित समुदायका लागि अस्वीकार्य

दलित अनलाइन चैत्र १९, २०८१

काठमाडौँ — राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजक समितिले राजावादीहरुको अराजकता दलित समुदायका लागि अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ।

सोमबार डा. निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न समितिको सचिवलयको बैठकले गणतन्त्र र धर्म निरेपेक्षताविरुद्द हुने कुनै पनि प्रकारको अभियान वा आन्दोलन दलित समुदायका लागि अस्वीकार्य हुने निषकर्ष निकालेको हो ।

Laxmi sunrise bank 2034

राजावादीको नाममा सञ्चालित हिंसात्मक गतिविधि र अराजकताप्रति दलित समुदायको गम्भीर ध्यनाकर्षण भएको भन्दै  बैठकले  अराजकता, तोडफोड, लुटपाटले उनीहरुको  चरित्र र नियत स्पष्ट पारेको निष्कर्ष समेत निकालेको छ ।

दक्षिण अफ्रिकामा गोरा शासकले काला समुदायमाथि इतिहासका विभिन्न कालखण्डमा गरेका दमन र अत्याचारका सन्दर्भमा त्यँहाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाले क्षमा दिनुस तर नबिर्सनुस भन्ने गरेको भनाइलाई आत्मासात गर्दै वर्णव्यवस्थामा आधारित राजतन्त्रले इतिहासका कालखण्डमा दलित समुदायमाथि गरेको अत्याचारलाई दलित समुदायले कदापि बिर्सन नसक्ने बैठकले जनाएको छ ।

यस्तै पश्चगमनकारी गतिविधिहरु सदा आतंक तथा क्रूर शासनमा परिणत हुने र यस्तो आतंकले दलित र उत्पीडित समुदायलाइ लक्षित गरि  उनीहरुमाथि आक्रमण हुने, उनीहरुको धनसम्पत्ति लुटपाट गर्ने र उनीहरुलाई दमन गर्ने हुनाले दलित समुदायलाई सचेत र चनाखो रहन आग्रह गरेको डा. बिश्वकर्माले बताए ।

‘दलित मुक्त्तिको प्रश्न सामाजिक न्यायसहितको लोकतन्त्र मार्फत समाधान हुने र त्यो गणतान्त्रिक शासन व्यवस्था मार्फत मात्र प्राप्त गर्न सकिने हुनाले यसलाई विशेषधिकार सहित अझ पूर्णसमानुपातिक हिस्सेदारी, राज्यका स्रोतहरुको समानुपातिक वितरण र धर्ममा सुधारका लागि अझ सचेत हुँदै निरन्तर संघर्षमा एकताबद्ध हुन आम दलित समुदायमा यो राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवलय हार्दिक आवहान गर्दछ। साथै गणतान्त्रिक सरकारको असक्षमता, अहमता, भ्रष्टचार र कुशासनका कारण पुर्नउत्थानवादीहरुको मनोवल बढेका हुनाले सत्ताधारी वर्ग, पार्टीका अगुवाहरुले पनि आफूलाई सच्चाउदै लोकतनत्रको उपलव्धीहरु दलित लगायत सम्पूर्ण जनतामा पुर्‍याउन पनि जोडदार माग गर्दछ’- समितिले उल्लेख गरेको छ।

बैठकमा डा निर्मल विश्वकर्मा, डा मित्र परियार, राजेश मयाल (अग्निशिखा) तारासिँह विश्वकर्मा, राजेश नेपाली, प्रकाश टमटा ( प्रतिकार), निर्मला परियार, लक्ष्मी सेन्चुरी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank