वडाअध्यक्षमाथि जातीय विभेद गर्नेविरुद्ध मुद्दा दर्ता

दलित अनलाईन ७ बैशाख २०७८, मंगलवार २०:२८

काठमाडौं—बैतडीको मेलौली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलभद्र दयालले आफुमाथि जातीय विभेद गर्ने विरुद्ध मुद्दा दर्ता गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दले सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्दै जातीय विभेद गरेको भनि वडाअध्यक्ष दयालले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका हुन् ।
चन्दले केही दिन अघिदेखि सामाजिक सञ्जालमा जातीय विभेद सहित गालीगलौज गर्दै आएपछि मुद्दा दर्ता गरिएको दयालले बताए ।
नेपाल छुवाछुतमुक्त राष्ट्र भईसकेको अवस्थामा समेत जातीय विभेद गर्दै गालीगलौज गरेकाले दोषीलाई कानुन अनुसार कारवाही गर्नका लागि मुद्दा दायर गरिएको वडा अध्यक्ष दयालले जानकारी दिए ।
वडा अध्यक्ष दयालले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको र यो बिषयमा अध्ययन शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
जातीय विभेद गरेको आरोप लागेका व्यक्ति अहिले भारतमा रहेका बुझिएको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank