वडा अध्यक्ष अरविन्द मेहताले भत्काइदिए मुसहरहरुकाे २५ घर

दलित अनलाईन ८ जेष्ठ २०७७, बिहीबार १२:२६

विराटनगर – सुनसरीको हरिनगरा गाउँपालिका ३ का वडा अध्यक्ष अरविन्द मेहताले २५ घरपरिवार मुसहरहरुको घर भत्काइदिएका छन

सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा बासोवास गदै आएका २५ घरपरिवार ऋषिदेब –मुसहरहरुको घर बडा अध्यक्ष मेहताको नेतृत्वमा बाटो बिस्तार गर्ने बहानामा मंगलबार र बुधबार डोजर लगाएर भत्काएका हुन् ।  लकडाउनमा भोकभोकै परेका २५ घरपरिवार मुसहरहरुको घर हरिनगरा गाउँपालिका ३ का वडा अध्यक्ष अरविन्द मेहता भत्काएर बिचल्नी बनाइदिएका छन ।

लकडाउनमा भोकभोकै परेका गरिब मुसहरहरु ओतलाग्ने घर पनि भत्काइदिएपछि उनीहरूकाे घरबास विहिन बनेका छन् । उनीहरु भत्किएकै घरमा खुल्ला आकाशमुनी शरण लिएर बसिरहेका छन । वडा अध्यक्ष मेहताले साविक गौतमपुर गाविस ८ मा पुखौदेखी सडक किनारको ऐलानी जग्गामा बस्दै आएका कमल ऋषिदेव , श्यामवती ऋषिदेव , महव , ऋषिदेव , प्रदिप ऋषिदेव लगायत २५ घर परिवारको घर भत्काएर बिचल्नी बनाइदिएका हुन ।

स्थानियबासी पिताम्बर ठाकुरले लकडाउनको सयममा दैनिक ज्यालामजदुरी गरेर खान पनि नपाउँदा भोकभोकै बस्न बाध्य मुसहरहरुको घर भत्काउनु अमानिय कार्य भएको बताए । वडा अध्यक्ष अरविन्द मेहताले पालिकाको निर्णय अनुसार बिकासका लागि सार्वजनिक बाटो बनाएको र कसैलाई दमन नगरेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank