नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझै बलियो हुन्छ : राजदूत नेपाली

दलित अनलाइन चैत्र ५, २०८१

काठमाडौं —  श्रीलंकाका लागि नेपालको आवासीय नवनियुक्त राजदूत डा पूर्णबहादुर नेपालीले देशको विकासका लागि आफु सधै प्रतिवद्धता रहेको बताउँदै सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्ध रहेको बताएका छन् ।

राजधानीमा सोमबार सामाजिक न्यायको आन्दोलनमा सक्रिय दलित युवा विद्यार्थीहरुको आयोजनामा भएको बधाई तथा शुभकामना कार्यक्रममा राजदूत नेपालीले आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

मंसिर ६ को मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको थियो । राजदूत नेपालील नेपाल–श्रीलंका प्रत्यक्ष हवाई उडान र श्रीलंकासँग द्विपक्षीय शैक्षिक, अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र त्यसका लागि आफूले पहलकदमी लिने बताए ।

Laxmi sunrise bank 2034

राजदूत नेपालीले अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र दुई देशका विश्वविद्यालयबीच सहकार्य तथा साझेदारी गरेर अनुसन्धान र थिंक ट्यांक स्थापनाका लागि काम गर्ने उनले बताए ।

कार्यक्रमका संयोजक राजेश नेपालीले काठमाडौं विश्वविद्यालका सहप्राध्यापक र सामाजिक न्यायको मुद्दामा निकै सक्रिया बौदिक व्यक्तित्व डा पूर्णबहादुर नेपालीको यो नियुत्तिले नेपाल–श्रीलंकाबीचको सहकार्य झनै बलियो हुने बताए ।

दलित समुदायको प्राञिक व्यक्तिको सरकारले नियुक्त गरेर दलित समुदायको उच्च सम्मान गरेको दलित युवा विद्यार्थी नेता बाबुराम नेपालीले बताए ।

सामाजिक न्यायको मुद्दालाई आत्मसाथ गर्ने सक्ने समुदायको योग्य मान्छेलाई सरकारले राजदूतमा नियुक्ति गरेर समुदायप्रति न्याय गरेको रामलाल राजवंशीले बताए ।

समुदायका राम्रो योग्य मान्छेहरु सुनियोजित रुपमा पाखा पारिदै आए पनि यो सरकारले फेरी एक पटक दलित समुदायको राम्रो र योग्य मान्छेलाई राजदूतमा नियुक्ति गरेको राजवंशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank