नेपाल टेलिभिजनबाट दलित समुदायको लागि अब कार्यक्रम ल्याइने

दलित अनलाईन १३ आश्विन २०७६, सोमबार १९:१७

नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक आरती चटौतकाे उद्घोष

काठमाडाैं- नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक तथा महिला अधिकार अभियन्ता आरती चटौतले निकट भविष्यमा दलित आवाज नामक साप्ताहिक टेलिभिजन कार्यक्रम संचालन गर्ने बताएकी छिन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा निमित्त महाप्रवन्धक चटौतले नेपाल टेलिभिजनको इतिहासमा एउटा पनि दलित समुदायलाई लक्षित गरी कार्यक्रम उत्पादन नभएको भन्दै निकट भविष्यमै दलित समुदायको आवाज उठाउने गरी कार्यक्रम संचालन गर्ने बताएकी हुन् । कार्यक्रममा वोल्दै उनले अहिले पत्रकारिताको विभिन्न क्षेत्रहरु मध्ये मिसन पत्रकारिता र व्यासायिक पत्रकारिता पनि पर्छन । जुनसुकै प्रकारको पत्रकारिता होस, त्यसले आवाज विहिनहरुको आवाज उठाउदैन भने त्यसलाई पत्रकारितानै मान्न नसकिने दावी गरिन । ‘अहिले विकास र सम्वृद्धिको कुरा निकै गरिन्छ, तर कसको विकास भनेर भनिएको छैन, उनले भनिन्,‘ मैले खास गरि समविकास भन्ने गरेकी छु, त्यो भनेको सामाजिक न्याय सहितको विकास हो र त्यो विकासले दलित, महिला तथा अन्य सीमान्तकृत समुदायको विकास हो । ’

उनी आफै महिला अधिकार अभियन्ता पनि हुन् ।  उनकै पहल र सक्रियतामा संघर्ष नामक टक शो संचालन गरिरहेकी थिइन । सो कार्यक्रममा पनि दलित महिलासँग सम्वन्धित विभिन्न विषयहरु पनि उठाउँदै आएकी छन् ।
स्मरण रहोस नेपाल टेलिभिजन राज्यवाट प्रवद्र्धित सार्वजनिक संस्थान हो,यसलाई नेपाल सरकारले वर्षेनी करोडौ रुपियाको अनुदान उपलव्ध गराउँछ अतः उस्को विभिन्न कर्तव्यहरु मध्ये सरकारका धारणाहरु सार्वजनिक गर्नुका साथै देशका सीमान्तकृत समुदायको अवस्था र आवाजलाई पनि मुखारित गर्नु हो । अहिले उसले चार वटा च्यानलहरु प्रसारित गरि रहेको छ तर आज सम्म दलितका लागि भनेर कुनै कार्यक्रम खास गरि आफ्नै लगानीमा एउटा पनि गरेको छैन । अधिकांश टकशोहरु संचालित भएता पनि त्यसमा दलितका सवालले कमै महत्व पाई रहेका छन् ।
विगतमा लामो समयसम्म दलित सेवा संघले विदेशी दाताहरुको सहयोग तथा कतिपय अवस्थामा आफ्नै प्रयासमा कांचुली र सहयात्रा भन्ने कार्यक्रम संचालन गरेको थियो । करिव चार वर्षसम्म लगातार चलाईएको कार्यक्रमले दर्शक श्रोता मांझ राम्रै प्रभाव पारेको थियो । तर दाताहरुको सहयोग वन्द हुँदा सो कार्यक्रम पनि वन्द भएको थियो । अहिले दाताहरुको सहयोग गैरसरकारी क्षेत्रमा निकै कम भएको छ र इन्डिजिनियस टेलिभिजनमा वाहेक अन्य कुनै पनि टेलिभिजन कार्यक्रमहरुले दलित सवाललाई स्थान दिएका छैनन । कहिले कही दलित सवालमा केही संवेदनशील प्रस्तोता र कार्यक्रम निर्माता भए दलितलाई पाहुनाका रुमा स्थान दिने गरेका छन् । यस्तो अवस्थामा नेपाल टेलिभिजन जस्को अन्य सवै च्यानलहरु भन्दा सवैभन्दा वढि पहुँच छ उस्कै लगानीमा कार्यक्रम प्रस्तुत हुनु आफैमा अनौठो तथा सुखद कुरा हो ।
निमित्त महाप्रवन्धक चटौतले वताए अनुसार सो कार्यक्रमको निर्माण तथा प्रस्तुति दलित अधिकारकर्मी तथा अधिवक्ता तथा पत्रकार चक्रमान विश्वकर्माले गर्ने छन् । सो कार्यक्रमलाई अर्की दलित महिला पत्रका कमला रसाईलीले सहयोग गर्ने छिन । दलित महिला पत्रकार सावित्रा रसाईलीले समावेशी आवाज भन्ने साप्ताहिक कार्यक्रम नेपाल टेलिभिजनवाट प्रस्तुत गरिरहेकी छिन ।
यस सवालमा एनटिभिका अध्यक्ष डा. महेन्द्र विष्ट पनि सहयोगी रहेको र एउटा आवाज विहिन समुदायकै प्रतिनिधित्व गर्ने निमित्त महाप्रवन्धकको विशेष पहलमा दलितको पक्षमा कार्यक्रम प्रस्तुत हुनुले राज्यको एउटा निकायको दलित प्रतिको संवेदनशिलता वढेकोलाई सवैले सकारात्मक कदम हुने धेरैको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank