
काठमाडौं — सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको न्यायका लागि राजविराजमा प्रदर्शन भएको छ। स्थानीय युवा तथा दलित अभियन्ताहरूले आइतबार राजविराजमा प्रदर्शन गरेका हुन्।
‘रिंकुलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’लगायतका नारासहित बजार क्षेत्र परिक्रमा गरेका छन्। प्रदर्शनमा सहभागी युवा र अभियन्ताहरूले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिन खोजिएको बताए।
रिंकुले २७ माघको राति आफूलाई घरबाटै अपहरण गरेर सामूहिक बलात्कार गरिएको जानकारी गराउँदासमेत पञ्चायतीले आर्थिक लेनदेनमा घटना सामसुम पार्ने निर्णय गरेको थियो। ३० माघको साँझ उनी घरमै मृत भेटिइन्।
Leave a Reply