सामूहिक बलात्कार र शंकास्पद मृत्युबारे अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

दलित अनलाईन ६ फाल्गुन २०८१, मंगलवार १६:२६

जनकपुर — सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले  एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ । समितिले मंगलबार नै घटनाबारे बुझ्ने र अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Laxmi sunrise bank 2034

‘सदाको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ,’ मधेश प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।’

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित विजुल सदाकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी थिइन् । पीडित किशोरीले स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेको सम्बन्धमा २८ माघमा आमा सीतादेवीलाई सुनाएपछि घटना बाहिरिएको थियो । घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank