भारतमा नेपाली विद्यार्थीको मृत्यु र निष्कासनबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

दलित अनलाईन ५ फाल्गुन २०८१, सोमबार १९:१२

काठमाडौं —  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन्।

फेसबुकमार्फत प्रचण्डले घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका हुन्।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको छ। मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थी आन्दोलनमा छन्। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी गरेको छ।

घटनाको विषयमा नेपाल सरकारले कूटनीतिक तबरले बुझिरहेको प्रधानमन्त्री केपी ओलीले प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank