सिरहामा दलित युवतीको बलात्कारपछि हत्या

दलित अनलाईन ३ फाल्गुन २०८१, शनिबार २०:४१

काठमाडौं — सिरहा भगवतीपुरकी एक दलित युवतीको सामुहिक बलात्कार भएको तीन दिनपछि घरभित्र मृत भेटिएकी छन् ।
सिरहा नवराजपुर गाउँपालिका भगवतीपुर वडा- १ की १६ वर्षीय रिकु सदा स्थानीय तीन युवाबाट माघ २७ गते सामूहिक बलात्कृत भएकी थिइन् ।
आफुमाथि तीन युवाबाट सामुहिक बलात्कारको शिकार भएकी रिकु सदा घटना मिलाउन गाउँमै पञ्चायत बसेको भोलीपल्ट माघ ३० गते घरभित्र झण्डिएको अवस्था भेटिएकी थिइन् ।
घरको ढोकामा बाहिरबाट चुकुल लगाइएको र भित्र छोरीलाई सुनियोजित रुपमा झुण्डाएको रिकुका बाबु विजुलीय सदाले बताए । छोरीलाई  झुण्डाएको परिवारको आरोप ।

गाउँमै घटना मिलाउन पञ्चायत

१६ वर्षीय रिकु सदा बलात्कृत दुई दिनपछि माघ २९ गते गाउँमै घटना मिलाउन पञ्चायत बसेको थियो । उक्त घटना मिलाउन पञ्चायतले तीन युवाहरुलाई १ लाख ५० हजार जरिवाना तोकेका थिए । तीन युवाहरुलाई जरिवाना तोकिएको पैसाको बाँडफाँडको विषयमा पञ्चहरुबीच झगडा भएको थियो । झगडा बढ्दै गएपछि पञ्चायत यत्तिकै उठेको थियो ।

पञ्चायत राखेर जरिवाना विवाद र झगडा गरेर उनीहरुले छोरी र आफुहरुलाई थप पीडा विभेद गरेको विजुलीय सदाले बताए ।

घटनामा चुपचाप वडाअध्यक्ष 

भगवतीपुर वडा १ का वडा अध्यक्ष नविन कुमार यादवले घटनाको बारेमा प्रहरीबाट जानकारी पाएको बताए । तीन युवाहरुले घटना हुनुभन्दा अघि सामुहिक बलात्कार गरेको विषयमा गाउँमै जानकारी पाए पनि आफुलाई पञ्चायतमा नबोलाएको यादवले बताए । ‘वडामा जानकारी नगरी आफुहरुले घटना मिलाउन खोज्नु भएको जस्तो देखिन्छ, ‘तर मलाई घटनाको कुनै जानकारी छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank