दलित भएकै कारण मेरो भाई मारियो : ‘झुण्डिएको होइन, झुण्ड्याइएको हो’

दलित अनलाईन २६ पुष २०७७, आईतवार १६:४८

सिन्धुपाल्चोक— मेलम्ची नगरपालिका १२ बाहुनेपाटी बजारबाट केहीभित्र झोलुङगे पुल छ । त्यही पुलको बीच भागको छेउपट्टि जाली हातले समाएको अवस्थामा झुण्डिएको छ, मेलम्ची ५ सिन्धुकोटका घनश्याम बोगटीको शव । झुन्डिएको ठाउँ नजिक १ रोल डोरी थियो । पुलको बाहिरपट्टि २ ठाउँमा डोरी झुन्ड्याईएको थियो । एउटा डोरीमा उनी झुन्डिएको अवस्थामा थिए । उनी पुलको बाहिर पट्टि जालीमा दुई हातले समाएर झुण्डिएको अवस्थामा स्थानीयहरुले देखे ।

पुष २४ गते विहान साढे ६ बजे पुल नजिकै फोहोर फाल्न गएका स्थानीहरुले देखेपछि घटना बाहिर आएको थियो ।
मेलम्ची १२ बाहुनीपाटीबाट सिपाधुसेनी जाने पुलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले बताए । खोज्दै जाँदा उनको पाइन्टबाट घनश्याम र प्रेमिकाको एउटा फोटो, केही पैसा, मोवाइल र केही कागजहरू फेला परेको प्रहरीले जानकारी दियो ।

घटनास्थलमा पुगेका घनश्यामका दाई रामकृष्ण बोगटीले रूदै भने ‘मेरो भाई आफै झुण्डिएको हैन अरूले झुण्डाएको हो । दुई हातले जालीमा समाएको छ , डोरी पनि लच्किएको छैन , यो कसरी आफै झुण्डिएको हुन सक्छ ? डोरीले पुरै घाँटी बेरेको पनि छैन । ’

दाईको जस्तै भनाई छ, घनश्यामकी दिदी गोमा बोगटीको पनि । लामो समयसम्म प्रेममा रहेकी युवातीका दाईहरुले भाईलाई योजनाबद्ध रुपमा हत्या गरेको दिदीको आरोप छ । ‘मेरो भाई झुण्डिएको हैन, कसैले झुण्डाएको हो,’ उनले भनिन्,‘ केटीको दोष छ, भाईको योजनाबद्ध नै हत्या हो ।’

के दलितले बाँच्न पाउने अधिकार छैन, यो देशमा ? दलित भन्ने थाहा नै थियो, किन यत्रो वर्ष प्रेमको नाटक गरेको त्यो केटीले ? अहिले त्यो केटीको विवाह निश्चित हुन लागेपछि किन मेरो भाईलाई बाहुनेपाटी बोलाएर हत्या गरियो ? यसको अनुसन्धान हुनु जरुरी छ, दिदी गोमाले भनिन् ।

अर्को दिदी गिता बोगटीको पनि उस्तै शंका छ । भाईको हत्यामा युवतीको संलग्नता छ । २३ गते केटीका दाईले भाईलाई बाहुनेपाटीमा भेट्न बोलाएर २४ गते उनीहरुले हत्या गरी पुलमा झुण्ड्याएको उनको आरोप छ ।

प्रहरीमा दर्ता भएको जारी अनुसार मेलम्ची नगरपालिका ५ सिन्धुकोटका घनश्याम बोगटी र मेलम्ची नगरपालिका १२ की मञ्जु श्रेष्ठबीच ११ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।  प्रहरीका अनुसार यस घटनाको अनुसन्धान भईरहेको र कोही दोषी देखिए कानुन अनुसार कारबाही हुनेछ ।

उनी मेरो मुटु भन्दै फेसबुकमा पोष्ट

उनी मेरो मुटु भन्दै घनश्यामले केही दिन अघि मात्र मञ्जु र उनको फोटो फेसबुकमा सार्वजनिक गरेका थिए । विभिन्न ठाउँमा घुमेको फोटो, उनको कोठामा खिचिएको फोटो र मञ्जुसँग घनश्यामले जन्मदिन मनाएको फोटोहरू सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

बाई बाई अल माई फ्रेण्ड
घनश्यामले २२ गते बेलुका फेसबुक मार्फत बाई बाई अल माई फ्रेण्ड भन्दै स्टाटस पोष्ट गरेका थिए । फेसबुकमा स्टाटस पोष्ट गरेको केही समयपछि उनको र प्रेमिकाको मोबाईल अफ भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank