वडा अध्यक्ष दलबहादुर विश्वकर्मामाथि कुटपिट,जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

बिस्नप्रसाद न्याैपाने ७ चैत्र २०७६, शुक्रबार १०:१६

कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिका ७ का दलबहादुर बुढाले सोहि वडाका अध्यक्ष दलबहादुर विश्वकर्मामाथि  छुवाछुत गरेको भन्दै कुटपिट गरेका छन् । आरोपी बुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् ।

आरोपी बुढाले फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज र जातीय विभेद हुनेखालका शब्द प्रयोग गरी दुव्र्यवहार गरेको वडा अध्यक्ष बिकले आरोप लगाएका छन्।

कार्यालय समयमा वडा कार्यालयमै डुम कमारा वडाध्यक्ष भएदेखि धारो पँधेरो छुने, घरभित्र पस्ने भन्दै गाली गर्नुका सुाथै हातपात समेत गरेको पीडित विकले बताए । उनका अनुसार सोही वडाका पूर्व प्राविधिक सहायक समेत रहेका आरोपी बुढाले कार्यालयमा वडाध्यक्षकै कार्यकक्षमा आइ कुटपिट गरेका छन् ।

वडा अध्यक्ष विकले भने, ‘करीब पाँच वर्ष अगाडिदेखि दलबहादुर बुढा वडामा प्राविधिक सहायकका रुपमा काम गथ्र्ये ।  अहिले लोकसेवाबाट गाउँपालिकाले स्थायी प्राविधिकका रुपमा उनलाई करारमा नियुक्त गरेको छ।

बुढाले मलाई जागिरबाट हटाउन वडा अध्यक्ष भएर तैले पहल गरिस् भन्ने गलत आरोप लगाएर आफूमाथि दुव्र्यवहार गरेको बताए। पीडितको आर्थिक अवस्था कमजोर भएकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, साझा आवाज परियोजनाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको छ ।

पीडितको न्यायको पहुँचसम्म पुग्नसक्ने आर्थिक अवस्था नभएकाले २५ सय उजुरी लेखाउने खर्च, आउँदा जाँदा खाना खर्च उपलब्ध गराइएको संघका जिल्ला संयोजक चित्रबहादुर विश्वकर्माले बताए ।

जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवहारसम्बन्धी जाहेरी आएकाले आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबावु ओलियाले बताए । उनले भने,’ जिल्ला प्रहरी कार्यालयमा वडा अध्यक्ष दलबहादुर विश्वकर्मा आएर आफूलाई जातीय विभेद गरी दुव्यवहार गरेको भनी उजुरी दिएपछि प्रहरीको टोली गाउँमा पठाएर पीडकलाई पक्राउ गरिएको छ ।

उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । यता आरोपी बुढाले आफूले वडा अध्यक्षमाथि जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् ।

उनले वडा अध्यक्षमाथि सामान्य विवाद भएपनि उनको मानहानी हुनेगरी गाली बेइजेती तथा जातीय विभेद गरी दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएका छन्।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

दलित अधिकारकर्मी रमेश नेपालीले जिल्लामा प्रतिनिधि नै जातीय विभेदमा पर्ने गरे‍को बताए।केही दिन अगाडि मात्र सान्नीत्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष रंगराज सार्की आफूलाई वडा सचिव रामप्रसाद संज्यालले विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएका थिए । पछि वडा सचिव संज्यालले माफी मागेपछि घटनाको मेलमिलाप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank