कोशी बन्दको प्रभाव- केही जिल्लाका राजमार्गमा अवरोध

दलित अनलाईन २० माघ २०८१, आईतवार १०:५७

काठमाडौँ  —   ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा पूर्वका जिल्लामा बन्दको आह्वान गरिएको छ।

मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माघ २० र २१ गते आह्वान गरेको बन्दको प्रभाव सोमबारबाट देखिएको छ। समितिले पूर्वका नौ जिल्लामा दुई दिने यातायात बन्दको आह्वान गरेको छ।

झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्द आह्वान गरिएको थियो। तर, ताप्लेजुङबाहेक अन्य जिल्लामा बन्दको खासै प्रभाव नरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank