कुटपिट भएकी दलित महिलाले अस्पतालबाटै गरिन् न्यायको अपिल : प्रहरीले जाहेरी दर्ता गरेन

दलित अनलाईन १६ जेष्ठ २०७७, शुक्रबार ११:५५

काठमाडौं — शारिरीक सम्बन्ध राख्न नमानेपछि कल्याणपुर नगरपालिका ११ का गान्धी साहबाट निर्घात रुपमा कुटपिट भएकी रिंकु महराले न्यायको लागि अस्पतालबाट सबैमा अपिल गरेकी छिन् ।
जेठ ९ गते अनैतिक सम्बन्ध राख्न नमान्दा गान्धी शाहले गालीगलौज गरी कल्याणपुर नगरपालिकाको अगाडि घिसार्नुसंगै लुगाफाटो समेत च्यातिदिदै कुटपिट गरेपछि उनी मेडिसिटि होस्पिटल मुस्हर्निमा धनगढिमाई नगरपालिका सिरहामा भर्ना भई उपचार गराइरहेकी छिन् । कल्याणपुर नगरपालिका ११ बस्ने उमेश प्रसाद साहका छोरा २३ वर्षको गान्धी साहले सोही कल्याणपुर नगरपालिका ११ की रिंकु महरालाई बारम्बार फोन गरी अनैतिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई अस्वीकार गर्दा कल्याणपुर नगरपालिको छेउमा काखमा बच्चा समातेर आफनो घरतर्फ गईरहेको अवस्थामा मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । आफुमाथि कुटपिट गर्ने अपराधी खुलेआम घुमिरहेको छ उसलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको दुई दिनमै छोडेको छ ।
रिंकु महराले मलाई टाउकोमा गम्भीर चोट लागेको छ ,उपचार गराउँदै छु तर अपराधीलाई छोडेकोले मलाई न्याय दिलाई दिनका लागि नागरिक समाज, पत्रकार, मानवअधिकारवादी, राजनैतिक दल र सरकारसँग आग्रह गदै उनले भनिन् । म जस्ता गरिब दलित महिलालाई अन्यायमा परेको बेला कुनै पनि सरोकारवालाहरुको चासो र सहयोग नपाउनु दुःख हो । त्यसैले मेरो आग्रह छ कि मलाई न्याय दिलाई दिनुस । रिंकु महराको आर्थिक अवस्था समेत कमजोर रहेको छ । ३ वटा छोराको आमा रिंकु महराले औषधी गर्न ऋण लिएर उपचार गराईरहेकी बताईन् । लकडाउनमा साहुले ऋण दिन मान्दैनन् त्यहि पनि उपचार भईरहेको छ । रिंकु महरालाई उपचार गराउन कुरुवा बसेको सासु र भाई जयकिशोर महराले उपचार गराईरहेका छन् ।
रिंकु महराको आफन्त कल्याणपुर नगरपालिका ११ बस्ने उमेश महराले न्यायको लागि जाहेरी दर्ता गराउन आईतबार नै डि.एस.पि. सन्तुलाल प्रसाद जैसवारलाई दिएको तर दर्ता गर्न आलटाल गरिरहेको बताए । दलित अधिकारकर्मी संजय महराले दलित महिला रिंकु महराको दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न माग गरे । अधिकारकर्मी महराले रिंकुले न्याय पाउनुपर्छ भन्दै यसो नभए शान्तिपूर्ण आन्दोलन र कार्यक्रमहरु समेत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank