जिल्ला अदालत रुपन्देहीमा आज रवि लामिछाने उपस्थित हुँदै

दलित अनलाईन ९ माघ २०८१, बुधबार ०९:३८

रुपन्देही —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी मंगलबारै बुटवल पुगिसकेका छन् ।

रुपन्देहीमा उनीमाथि सुप्रिम सहकारीको रकम अपचलन गरेको मुद्दा छ । सोही मुद्दाका क्रममा लामिछाने बुटवल पुगेका हुन् । उनी आज आफैँ अदालतमा उपस्थित हुने तयारीमा रहेको जनाइएको छ ।

Laxmi sunrise bank 2034

सुप्रिम सहकारीमा भएको करिब १३ करोड हिनामिनामा लामिछानेसँग बयान लिइने तयारी छ । बुधबार १० बजेअघि नै उनी अदालतमा उपस्थित हुने तयारी छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहस सकिनासाथ उनलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा छुटेका हुन् । त्यस्तै जिल्ला अदालत काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा उनलाई ६० लाख धरौटीमा छाडेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा पनि मुछिएपछि उनी बयानका लागि त्यसतर्फ गएका हुन् । लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank