दलित महिला माथि अभद्र व्यबहार

दलित अनलाईन १४ कार्तिक २०७७, शुक्रबार १४:२४

बर्दिया । बर्दियामा महिला माथि अभद्र व्यबहार भएको छ । बर्दियाको मधुबन नगरपालिका वडा ३ निवासी लक्ष्मी सुनार र मनरुपा बि कलाई अभद्र व्यबहार गरेका हुन्।

दलितमाथि जातीय भेदभाव गरेको भन्दै पीडितले मधुवन ३ मा रहेको प्रहरी चौंकी धनौंरामा जानकारी गराए ।
बर्दियाको मधुबन नगरपालिका वडा ३ मा स्थनीय युवाहरुबीच एकआपसमा झगडामा हुँदा अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।
स्थानीय नरदल शाहीले ‘कामी, दमाइ, डुम भन्दै अपशब्द प्रयोग गरेको भन्दै ईलाका प्रहरी कार्यलयमा उजुरी परेको जानकारी दिइएको छ । आरोपित नरदल शाही फरार भएको प्रहरीको भनाइ छ । दलितमाथि जातीय भेदभाव गरेको भन्दै पीडितले मधुवन ३ मा रहेको प्रहरी चौंकी धनौंरामा जानकारी गराए पछि प्रहरीले सोधपुछका लागि पिडकहरु लाई खोजतलास गर्दा नगर स्तरीय राजनीति दबाब शुरु भएको थियो ।

राजनीतिक दबाव सुरु भएपछि प्रहरी असइलाई सरुवा गर्छौं भ्न्दै धम्काएको र एका÷एक लुम्बिनी प्रदेश प्रहरी प्रमुखद्वारा असईलाई सरुवा गराइएको स्थानीयको आरोप छ । यस बारेमा प्रहरीले कुनै पनि जवाफ दिन चाहेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank