कञ्चनपुरका सिडिओ, एसपी र डिएसपीको सरुवाः मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन

दलित अनलाईन ७ भाद्र २०७५, बिहीबार १८:२२

काठमाडौं – गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओे) कञ्चन प्रहरी प्रमुख प्रमुख (एसपी) र सहायक प्रहरी प्रमुख (डिएसप) लाई फिर्ता बोलाउनुभएको छ ।

भीमदत्त नगरपालिका २ कि १३ वर्षीया किशोरी निर्मला पन्तकोे बलात्कार र हत्या प्रकरणको छानविन र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रालयले कञ्चनपुरका सीडीओ कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाउने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै गृहमन्त्रमलयले कञ्चनपुरको नयाँ सीडीओमा सहसचिव तारानाथ अधिकारी र एसपीमा कुँवेर कडायतलाई पठाइएको जनाइएको छ ।

त्यसैगरी, घटनाबारे छानविन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ३ वटै सुरक्षा निकायका प्रहरी नायव उपरीक्षक, आन्तरिक मामिला तथा कानून मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि समेत रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेर खटाइसकेको प्रवक्ता सुवेदीले जनाए ।

यसअघि विहीबार नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री लेखराज भट्टको नेतृत्वमा गएको नेकपाका नेताहरुले गहृमन्त्रालयमा भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

६ बुँदे ज्ञापनपत्रमा सिडिओ, एसपी र डिएसपीको तत्काल सरुवा र उच्चस्तरीय छानवीन समिति गठन गर्न माग गरेका थिए । साथै उनीहरुले सत्यतथ्य छानविन गरि दोषी माथि कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ती दिन माग गरेका थिए ।

उनीहरुले स्थिति नियन्त्रण बाहिर जाने संकेत देखा परेको भन्दै त्यस विषयमा उचित कदम चालन गृहमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।

कमेन्ट गर्नुहोस्

Video of the day
Video Player

00:00
59:33

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank