राष्ट्रिय दलित गोलमेच सम्मेलनको अवधारणा सार्वजनिक 

दलित अनलाईन ७ माघ २०८१, सोमबार ०९:१६

काठमाडौं —  राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवलयको बैठकले दलित गोलमेच सम्मेलनको अवधारणापत्र पारित गरको छ ।

डा निर्मल विश्वकर्मा, डा मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल अग्निीशिखा, तारासिँह विश्वकर्मा, शुनिल राम, संगिता कुमारी राम, तुलशी रसाइली, राजेश नेपाली, प्रकाश टमटा प्रतिकार रहेको सचिवालयले अवधारणापत्र पारित गरको हो ।

देशभरि छरिएर रहेका दलित समुदायका अभियन्ताहरुबीचको काठमाण्डौको रत्न राज्य क्याम्पसमा पुष १९ गते बसेको संयुक्त गोलमेच बैठकले वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेको थियो ।

Laxmi sunrise bank 2034

गोलमेच सम्मेलनको आवश्यक्ताका सन्दर्भमा राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिती सचिवलयद्धार सो अवधारणापत्र तयार गरि सार्वजनिक गरिएको हो । अवधारणापत्रमा वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदायको प्रतिरोध, गोलमेच सम्मेलनको अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यक्ता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमी, गोलमेच सम्मेलनको व्यवस्थापन, गोलमेच सम्मेलनको विधी र भावी योजना बारेमा छलफल गरिएको छ ।

सम्मेलन मार्फत वर्तमान अन्र्तराष्टिय परिवेश, दलित समुदायको पहिचान र इतिहास; दलित समुदायका सन्दर्भमा सामाजिक अन्र्तद्धन्दको विश्लेष्ण ; राज्य सत्ता, राजनितिक पार्टी र शासकहरुको नीति, नियत र व्ययहार विश्लेषण ; दलित मुक्तिको दर्शन र सिद्धान्तः सामुदायिक समाजवाद ; शैद्धान्तिक द्धिविधामा निचोड जस्तै दलित मुक्त्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि धार्मिक, दलित समुदायको पहिचान, दलित शव्द राख्ने कि नराख्ने ; दलित शँर्घषको सिद्धान्त शान्तिपुर्ण हो कि वल प्रयोगको सिद्धान्त ; दलित महिला मुक्त्तिका सवाल ; अन्तर दलित सहकार्य ; दलित मुक्त्ति आन्दोलनमा गैरदलितको भूमिकाः सहकार्य र संघर्षको   सिद्धान्त ; धर्मलाइ हेर्ने दृष्टिकोण ; वर्ग सत्रु र मित्र शक्तिको पहिचान ; दलित आन्दोलनका दिर्घकालिन, मध्यकालिन र अल्पकालिन कार्यक्रमहरु, प्राथमिकताहरु निर्माण आदि सम्भाव्य सेसन वा एजेण्डाहरु हुनेछन जसका वारेमा साझा वुझाइ विकास गरिन अपेक्षा गरिएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank